PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

प्राविधिक कारणले भारतमा रोकियो चन्द्रयानको प्रक्षेपण



प्राविधिक कारणले भारतमा रोकियो चन्द्रयानको प्रक्षेपण
फोटो: GETTY IMAGES

भारतले आज गर्ने भनेको चन्द्रयान २ को प्रक्षेपण रोकिएको छ। भारतीय अन्तरिक्ष अनुसन्धान संगंठन (इसरो) ले प्राविधिक कारणले चन्द्रयान २ को प्रक्षेपण रोकिएको जनाएको छ।

आज बिहान करिब ३ बजे चन्द्रयान प्रक्षेपण गर्ने तयारी थियो। उक्त अवसरका लागि भारतका राष्ट्रपति रामनाथ कोविन्द समेत प्रक्षेपण स्थल पुगेका थिए। तर प्रक्षेपण हुनु केही समय बांकी रहँदा यान प्रक्षेपण स्थगित गरिएको हो। इसरोले छिट्टै प्रक्षेपण गर्ने नयाँ दिनको घोषणा गर्ने बताएको छ।

चन्द्रयान १ को सफलतापछि भारतले चन्द्रयान २ लाई महत्वकांक्षी योजना अन्तर्गत राखेको थियो। चन्द्रमामा पुग्ने भारतको महत्वकांक्षी योजना सन् २००८ मा पुरा भएको थियो। चन्द्रयानले चन्द्रमाको सतहमा अवतरण नभए पनि यानको रडारले चन्द्रमामा पानीको उपलब्धता बारेमा पहिलोपटक खोज गरेको थियो।

चन्द्रयान २ लाई भारतले अहिले सम्म कुनै राष्ट्रको यान नपुगेको भागमा पुर्‍याउने योजना रहेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell