PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

भारतको हिमाचलमा चार तल्ले भवन भत्किँदा १४ जनाको मृत्यु



भारतको हिमाचलमा चार तल्ले भवन भत्किँदा १४ जनाको मृत्यु
फोटो: AFP

हिमाचल : भारतको हिमाचल प्रदेशको सोलनमा अविरल वर्षापछि चार तल्ले भवन भत्किएको छ। आइतवार भएको उक्त घटनामा हालसम्म १४ जनाको मृत्यु भएको र ती मध्ये १३ जना असम राइफल्समा कार्यरत सुरक्षाकर्मी रहेको बताइएको छ।

भवन ढलेपछि भारतीय सेना, सीआरपीएफ र हिमाचल प्रहरीको रेसक्यु अपरेशन टोलीले उद्धारकार्य गरेको थियो। घटनामा ४० जना भन्दा धेरै घाइते भएका थिए। डुबेको अवस्थामा उनीहरु सबैको उद्धार गरिएको बताइएको छ।

भवनको ग्राउन्ड फ्लोरमा ढावा रहेको थियो। भवन भत्किँदा करिब ३५ सुरक्षाकर्मी त्यहाँ चिया पिउन बसेको बताइएको छ।

हिमाचलका मुख्यमन्त्री जयराम ठाकुर घटनास्थल पुगी निरीक्षण गरेका थिए। उनले भत्किएको भवन नियम संगत रुपमा नबनेको बताए। त्यसैले १० वर्ष पुरानो सो भवनका मालिक विरुद्ध मुद्दा दायर गरिएको भन्दै घटनाबारे न्यायिक अनुसन्धान गर्ने समेत बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell