PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

पहिलो जनजाति फिल्म तथा म्युजिक अवार्ड भदौमा थाइल्यान्डमा हुँदै



पहिलो जनजाति फिल्म तथा म्युजिक अवार्ड भदौमा थाइल्यान्डमा हुँदै

काठमाडौं: हुकुम मल्टिमिडियाको प्रस्तुतिमा पहिलो पटक ‘ज्योमो गङ फिल्मस् एन्ड म्युजिक अवार्ड’ आयोजना हुने भएको छ। थाइल्यान्डको पटायामा भदौ ७ गते हुने कार्यक्रममा आदिवासी जनजातिमा आधारित फिल्म, डकुमेन्ट्री र म्युजिक भिडियोले अवार्ड पाउनेछन्।

म्युजिक भिडियोमा ११ विधा, चलचित्रमा १६ विधामा अवार्ड प्रदान गरिने आयोजक हुकुम मिडियाका अध्यक्ष डीबी बम्जनले जानकारी दिए। अवार्डका लागि आवेदन खुलिसकेको बम्जनले जनाए। ०७३ सालदेखि ०७५ सालसम्म निर्माण भएका फिल्म र म्युजिक भिडियोहरु मध्येबाट उत्कृष्टहरुलाई सम्मान गरिनेछ। अन्तराष्ट्रिय रुपमा चिनाउन थाइल्यान्डमा कार्यक्रम गर्न लागिएको र उल्लेख्य सहभागितको हुने बम्जनले बताए।

अवार्ड घोषणा कार्यक्रममा चलचित्र विकास बोर्डका पूर्व अध्यक्ष राजकुमार राईले जनजाति फिल्मको अन्तरार्ष्ट्रिय र बजार अभिवृद्धिका लागि यो अर्वाड कोशेढुंगा हुने उल्लेख गर्दै सोही समारोहमा चलचित्र प्राविधिक संघले गर्न लागेको नेफ्टा अवार्डको मितिसमेत घोषणा गरिएको छ। 

अध्यक्ष पुष्कर लामाले आगामी दशैं तिहारभित्र नेफ्टा अवार्ड विदेशमै आयोजना गरिने बताए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell