PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

कांग्रेस सांसदहरुले पाँच दिनको तलब बाढीपहिरो पीडितलाई दिने



कांग्रेस सांसदहरुले पाँच दिनको तलब बाढीपहिरो पीडितलाई दिने

काठमाडौं: नेपाली कांग्रेसका संघीय सांसदहरुले आफ्नो पाँच दिनको तलब बाढी पहिरो पीडितलाई राहतस्वरुप उपलब्ध गराउने भएको छ।

पार्टीको केन्द्रीय समितिले सहयोगमा जुट्न आग्रह गरेपछि सांसदहरुले विपद्मा परेकालाई राहतस्वरुप पाँच दिनको तलब दिने निर्णय गरेको पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।

अविरल वर्षाका कारण देशभर बाढी पहिरोले क्षति पुर्‍याएपछि कांग्रेसले जारी केन्द्रीय समितिको बैठक स्थगित गरेर पीडितको उद्दार र राहत जुट्न अपिल गरेको थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell