PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

लोकसेवा विज्ञापन खारेजीको माग गर्दै माइतीघरमा वृहत विरोध र्‍याली, हेर्नुस फोटोमा   

लोकसेवा विज्ञापन खारेजीको माग गर्दै माइतीघरमा वृहत विरोध र्‍याली, हेर्नुस फोटोमा   


लोकसेवा आयोगको विज्ञापनका विषयलाई लिएर विभिन्न संघसंस्थाले आज काठमाडौंको माइतीघर मण्डलमा विरोध कार्यक्रम आयोजना गरेका छन्। आरक्षण बचाउ अभियानको नेतृत्वमा आन्दोलन भएको हो। झरीकै बीच सयौंको संख्यामा उपस्थित आन्दोलनकारीले विज्ञापन खारेजको माग गरेका थिए।

आयोगले जेठ १५ गते स्थानीय तहका लागि विभिन्न सेवा र समूह छुट्याएर प्राविधिक र अप्राविधिक पदमा जम्मा नौ हजार १६१ जनाको खुला प्रतिस्पर्धाद्वारा पदपूर्तिको विज्ञापन गरेको थियो।

उक्त विज्ञापन संविधान, कानून तथा सामाजिक न्यायको सिद्धान्त प्रतिकूल भएको भन्दै आदिवासी जनजाति र दलित समुदायका अगुवाले विभिन्न सङ्घर्षका कार्यक्रम गर्दै आएका छन्।



ट्रेन्डिङ पोस्ट

Ncell