PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

अष्ट्रेलियामा सुरक्षाको माग गर्दै २२ हजार स्वास्थ्यकर्मी आन्दोलित



अष्ट्रेलियामा सुरक्षाको माग गर्दै २२ हजार स्वास्थ्यकर्मी आन्दोलित
फोटो: NORTHERN STAR

अष्ट्रेलियाको न्यु साउथ वेल्स राज्यका करिब २२ हजार स्वास्थ्यकर्मी आन्दोलित भएका छन्।

न्यु साउथ वेल्सका ती स्वास्थ्यकर्मी तथा कर्मचारीहरुले असुरक्षा बढेको कारण देखाउँदै आन्दोलन गर्ने तयारी गरेको बताइएको छ।

उक्त राज्यका अस्पताल तथा स्वास्थ्य केन्द्रहरुका मजदुर युनियनका करिब ५०० जना प्रतिनिधिहरुले मङ्गलबार आगामी अगष्ट १ तारिखमा काम रोक्ने प्रयोजनका लागि आज मतदान गरेका बताइएको छ।

उनीहरुले आगामी अगष्ट १ तारिखमा चार घन्टासम्म काम रोक्ने माग गर्दै सो आन्दोलनमा ऐक्यबद्धताका लागि मतदान गरेका बताइएको छ।

 सुरक्षा व्यवस्था नहुदासम्म आफूहरुले काम नगर्ने उनीहरुले जनाएका छन् ।

 न्यु साउथ वेल्स राज्यको स्वास्थ्य सेवा युनियनका सचिव गेरार्ड हाइजले अस्पतालमा नै हत्या, छुरा प्रहार र कुटपिटको घटना भएको भन्दै सुरक्षाको राम्रो प्रबन्ध नगर्दासम्म अस्पताल पुगेर काम गर्नै गाह्रो रहेको बताए। 

एक तथ्यांकअनुसार गत वर्षमात्र उक्त राज्यमा ४६५  आक्रमणका घटना भएका थिए। रासस/ सिन्हवा



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell