PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

आठौं राष्ट्रिय खेलकुद: खेल सकिएको ३ महिनापछि खेलाडी पुरस्कृत



आठौं राष्ट्रिय खेलकुद: खेल सकिएको ३ महिनापछि खेलाडी पुरस्कृत

काठमाडौं : राष्ट्रिय खेलकूद परिषद् (राखेप)ले गत वैशाखमा सम्पन्न आठौँ राष्ट्रिय खेलकूद प्रतियोगितामा स्वर्ण पदक विजेता तथा राष्ट्रिय कीर्तिमान कायम गर्ने खेलाडीलाई सम्मान गरेको छ।

राखेपद्वारा आज आयोजित कार्यक्रममा आठौँमा व्यक्तिगत र टोली स्पर्धामा स्वर्ण जित्ने ७०७ खेलाडी र कीर्तिमान कायम गर्ने १६ गरी कूल ७२३ खेलाडीलाई नगद पुरस्कारसहित सम्मान गरेको हो। प्रदेश नं ५ मा सम्पन्न उक्त प्रतियोगितामा राखेपले व्यक्तिगततर्फ स्वर्ण विजेता खेलाडीलाई जनही रु १५ हजार तथा टोलीतर्फ स्वर्ण जित्ने खेलाडीलाई जनही रु सात हजार प्रदान गर्यो।

त्यसैगरी राष्ट्रिय कीर्तिमान भङ्ग गर्ने खेलाडीले जनही रु २५ हजार प्राप्त गरे।

प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले १४० स्वर्णसहित कूल २८९ पदक जितेर टोली च्याम्पियन बनेको थियो।

यस्तै नेपाल पुलिस क्लबले ६२ स्वर्ण, सशस्त्र प्रहरीको एपिएफ क्लबले ५४ स्वर्ण, प्रदेश नं ३ ले २२ स्वर्ण, प्रदेश नं ५ ले ११ स्वर्ण, गण्डकी प्रदेशले १२ स्वर्ण, सुदूरपश्चिम प्रदेशले आठ स्वर्ण, प्रदेश नं १ ले नौ स्वर्ण, प्रदेश नं २ ले छ स्वर्ण तथा कर्णाली प्रदेशले तीन स्वर्ण जितेको थियो।

खेलाडीलाई राखेप सदस्यसचिव रमेश सिलवाल, उपाध्यक्ष पिताम्बर तिमल्सिनालगायतले पुरस्कार प्रदान गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell