PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

सौगात र नम्रता अभिनित 'माछा माछा' को प्रदर्शन मिति तय



सौगात र नम्रता अभिनित 'माछा माछा' को प्रदर्शन मिति तय

सौगात मल्ल अभिनित फिल्म 'माछा माछा'को प्रदर्शन मिति तय भएको छ।

तीन जना गाउँले युवकहरुले शहरिया जीवन स्थापित गर्न लागिपरेको संघर्षको कथामा फिल्‍म बनेको बताइएको छ। यस फिल्ममा सौगातसँगै अभिनेत्री नम्रता श्रेष्ठ, विजय बराल र अनोज पाण्डेलाई केन्द्रिय भूमिका देख्न सकिन्छ।

मंगलबार निर्माण पक्षले फिल्‍मको फर्स्टलूक पोस्टर सार्वजनिक गर्दै रिलिज मिति पनि फाइनल गरेको हो। अब सुनिल गुरुङको लेखन तथा निर्देशन रहेको सिनेमा कार्तिक २९ गते रिलिज हुनेछ।

मणिराम पोखरेल कार्यकारी निर्माता रहेको सिनेमामा प्रवीण खतिवडा, पुस्कर गुरुङ, कमलमणि नेपाल, भोलाराज सापकोटा, सरिता गिरी, धुर्व कोइराला, बसन्त भट्ट लगायतका कलाकारको पनि अभिनय छ।

सिनेमामा अनुपम शर्माको संगीत, निमेष श्रेष्ठको सम्पादन, शिवराम श्रेष्ठको छायाँकन र निर्देशक गुरुङको लेखन छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell