PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

वेस्ट एसियन बेसबल : नेपाल श्रीलंकासँग पराजित



पहिलोपोस्ट

वेस्ट एसियन बेसबल : नेपाल श्रीलंकासँग पराजित

काठमाडौं : श्रीलंकाको कोलोम्बोमा भइरहेको १४औं बीएफए वेष्ट एसियन बेसबल कपमा नेपाल श्रीलंकासँग पराजित भएको छ। समूहको पहिलो खेलमा नेपाल मंगलवार डिफेन्डिङ च्याम्पियन श्रीलंकासँग १३-० ले पराजित भएको हो।

सोमवार भारतलाई हराएको श्रीलंका सेमिफाइनल प्रवेश गरेको छ। अब बिहीवार नेपालले भारतसँग खेल्नेछ र यस खेलको विजेता सेमिफाइनल पुग्नेछ।

यस्तै अर्को समुहबाट पाकिस्तान दुई खेल जित्दै अन्तिम चारमा पुगेको छ। पाकिस्तानले बंगलादेश र इरानलाई पराजित गरेको हो।

नेपालको लागि सेमिफाइनल पुगन भारतलाई पराजित गर्नै पर्नेछ। त्यसैले भोलीको खेल नेपालको लागि महत्वपूर्ण छ।

यस प्रतियोगिताको विजेता र उपविजेता टिम एसिया कप हुँदै ओलम्पिकको क्वालिफाइङ खेल्ने छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell