PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

एकै मञ्चमा रुविको 'अछुत जून' र देवुको 'मनको पहिरो' लोकार्पण



एकै मञ्चमा रुविको 'अछुत जून' र देवुको 'मनको पहिरो' लोकार्पण

काठमाडौं :कवि रुवि सत्यालको कविताकृती 'अछुत जून' र मुक्तककार देवेन्द्र केसी 'देवु'को मुक्तककृति 'मनको पहिरो' लोकार्पण गरिएको छ।

लोकार्पित कृतिमाथि समालोचक महेश पौड्यालले टिप्पणी गरेका थिए। पौड्यालले रुविका कविता समयको बिम्ब भएको बताउँदै यस कृतिले विश्वजनिन चेतना, सामाजिक, राजनीतिक विचलन, मानवीय चेतना र व्यवहारमा ह्रासोन्मुख परिदृश्यको उद्घाटन गरेको बताए।  

कार्यक्रममा साहित्यकार घनेन्द्र ओझाले देवुले मुक्तक मार्फत समकालीन नेपाली समाजको चित्रण गरेको टिप्पणी गरेका थिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell