PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

उत्तम सञ्जेलकी पत्नीसहित ३ जनासँग अदालतले माग्यो ३/३ लाख धरौटी, अब हिरासत बाहिरै बसेर मुद्दा लड्न पाउने



सविन ढकाल

उत्तम सञ्जेलकी पत्नीसहित ३ जनासँग अदालतले माग्यो ३/३ लाख धरौटी, अब हिरासत बाहिरै बसेर मुद्दा लड्न पाउने
पत्नीसहित पक्राउ पर्दा सञ्जेल। फाइल फोटो

काठमाडौं : समता अस्पतालभित्र मृत अवस्थामा फेला परेकी २७ वर्षीया बिमला तामाङको घटनालाई लिएर प्रहरीले नियन्त्रणमा लिएका तीन जनालाई २५ दिनपछि धरौटी बुझाएर छोड्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ।

जिल्ला अदालत काठमाडौंको आदेश अनुसार तीन जनाले जनही तीन लाख रुपैयाँ धरौटी बुझाएर हिरासत बाहिर रहेर मुद्दा लड्न पाउने बाटो खुला भएको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होविन्द्र बोगटीले जानकारी दिए।

तामाङको रहस्मय मृत्यु भएको भन्दै प्रहरीले गत असार ३ गते समता अस्पतालका संचालक उत्तम संजेल, उनकी श्रीमती कला संजेल र कर्मचारी तीर्थकुमारी श्रेष्ठ सहित थप एक जना संगिता केसीलाई पक्राउ गरेको थियो। सस्तोमा शिक्षा र उपचारसमेत गर्ने भन्दै सक्रिय रहेका सञ्जेल 'सुसाइड नोट'का आधारमा पक्राउ परेका थिए।

अदालतले धरौटीमा छुट्न आदेश दिए पनि सञ्जेलले भने धरौटी बुझाउने रकम अभाव रहेको दावी गरे। 'खर्च पुगेन त्यसैले कारागारमा राख्न पर्‍यो,' समताका संचालक उत्तम सञ्जेलले पहिलोपोस्टसँग भने, 'आज खोजिमेली गरेर रकम बुझाउने छु।'

धरौटी रकम नबुझाएकै कारण हिजो पक्राउ परेका सबैलाई पूर्पक्षका लागि कारागार चलान गरिएको थियो। ‘उहाँहरुले धरौटी रकम बुझाउनु भएन। त्यसैले केन्द्रीय कारागार सुन्धारामा राखिएको छ,' डिएसपी बोगटीले भने।

तीन जान विरुद्ध सुरुमा प्रहरीले अभद्र व्यवहार शीर्षकमा काठमाडौं जिल्ला प्रशासनबाट म्याद थपे गरेर अनुसन्धान गरेको थियो। त्यसपछि भने ज्यान उद्योगमा म्याद थप गरेर अनुसन्धान गरी सरकारी वकिल कार्यालयमा राय सहितको प्रतिवेदन बुझाएको थियो।

प्रहरीले सोही दिन पक्राउ गरेका उत्तम संजेललाई भने चौविस घन्टापछि छोडेको थियो। मृतकका आफन्तले भने घटना शंकास्पद भएको भन्दै सत्यतथ्य छानविन गर्न दवाब दिइरहेका छन्।

अदालतको निर्णय आफूलाई मान्य भएको सञ्जेलले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell