PahiloPost

Apr 16, 2024 | ४ बैशाख २०८१

काठमाडौंका बालबालिकामा जंक फुडको प्रभाव डरलाग्दो



काठमाडौंका बालबालिकामा जंक फुडको प्रभाव डरलाग्दो
फोटो: helpstay.com

काठमाडौं: नेपालमा दुई वर्षमुनिका बालबालिकामा 'जंक फुड' को प्रभाव उच्च रहेको एक अध्ययनले देखाएको छ।  बालबालिकालाई चाहिने क्यालोरीको एक चौथाइ भाग जंक फुडले ओगटेको सो अध्ययनले देखाएको छ।

गार्जियनका अनुसार बालबालिका भिटामिन, मिनिरल र अरु पोषणयुक्त खाद्यानन्हरुभन्दा बिस्कुट, चिप्स, चाउचाउ र चिनी युक्त खाद्यान्नहरुप्रति आकर्षित देखिएका छन्। यसबाट बालबालिकाको विकासमा अवरोध हुनका साथै कुपोषणको शिकार हुन सक्ने तर्फसमेत सचेत गराइएको छ।

'न्युट्रिसन' जनरलमा प्रकाशित उक्त अध्ययन प्रतिवेदन 'हेलेन केलर इन्टरनेसनल' नामक अन्तर्राष्ट्रिय संस्थाका लागि गरिएको थियो। प्रतिवेदनका अनुसार २१ औं शताब्दीमा बालबालिका जंक फुडको लतमा फस्दै गएको छ।

सो अध्ययन काठमाडौंको १२ देखि २३ महिना उमेरबीचका ७४५ बालबालिकामाथि २३ महिना लगाएर गरिएको थियो। 'जंक र स्न्याक्स् फुड' का कारण न्यून आय भएको राष्ट्रमा गरिएको यो अध्ययनको निश्कर्ष खतरनाक भएको अनुसन्धानकर्ताको निश्कर्ष छ।

अध्ययनका क्रममा ७४५ बालबालिकाले नै जंक फुड खाने गरेको खुलेको छ। चिनीयुक्त खाद्यान्न खाने बालकालिकाको उचाई अरु बालबालिकाभन्दा कम भएको अध्ययनले देखाएको छ। जंक फुडका कारण बालबालिकाको शारीरिक र मानसिक विकासमा आवश्यक रहेको प्रोटिन, क्यालसियम, आइरन, भिटामिन ए, जिंकलगायतका पोषणतत्वको अभाव नै यसको कारण रहेको अनुमान गरिएको छ।

अध्ययनको नेतृत्व गरेकी डा एलिसा प्रेज निश्कर्षले अब बालबालिकाको स्वास्थ्य र विकासमा बाधा पुग्ने स्न्याक्स् फुडको भूमिकाबारेमा थप अध्ययन गरिनुको आवश्यक्ता रहेको बताउँछिन्। यस्तै उनले अनुसन्धानकर्ता र नीति निर्माताहरुका लागि यो खतराको संकेत रहेको समेत उल्लेख गरेकी छिन्।   

चिनी र नुन बढी हुने र माइक्रो न्यूट्रियन्टसहरु कम रहेको 'प्याकेज्ड स्न्याक फुड'हरु विश्वमा अत्याधिक मात्रामा भेटिने गरेको एलिसाको तर्क छ। नेपाली बजारमा जंक फुडहरु सजिलै उपलब्ध हुने गरेको भन्दै उनले शहरमा मात्रै नभइ गाउँघरमासमेत त्यस्ता जंक फुड सजिलै पाउने गरेको उनले बताइन्। सजिलै पाउने र बालबालिका त्यसैप्रति आकर्षित देखिएकोले अभिभावकहरुले पनि जंक फुड नै रोज्ने गरेको पाइएको छ।

अध्ययनमा सहभागी डा अतुल उपाध्यायले बालबालिकाले स्वास्थ्यमा हानी पुर्‍याउने खाद्यान्नको उपयोग बढ्दै गएकोले त्यसको उपभोग प्रति सचेत हुने समय आएका बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell