काठमाडौं : परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले मरणोपरान्त अंगदान गरेका छन्। मन्त्री ज्ञवालीसँगै उनकी श्रीमती सरस्वती ज्ञवालीले समेत अंगदान (मरणोपरान्त) गरेकी छिन्।
मन्त्री ज्ञवालीले ट्विट गर्दै अंगदान गरेको जानकारी दिएका छन्। उनले ट्विट गर्दै भनेका छन् - दुवै बुढाबुढीले आज शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरमा (मरणोपरान्त) अंगदान गरेर आयौं। जिन्दगीको त के भरोसा छ र! जति दिन बाँचिन्छ, समाजमा थोरै भए पनि उज्यालो छर्दै बाँच्न सकियोस् र मृत्युपर्यन्त समेत कसैका लागि अलिकति भए पनि काम लाग्न सकियोस् - बस यत्ति कामना छ।
दुबै बुढाबुढीले आज शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र,भक्तपुरमा (मरणोपान्त) अंगदान गरेर आयौं ।जिन्दगीको त के भरोसा छ र !जति दिन बाँचिन्छ, समाजमा थोरै भए पनि उज्यालो छर्दै बाँच्न सकियोस् र मृत्युपर्यन्त समेत कसैका लागि अलिकति भए पनि काम लाग्न सकियोस्-बस् यत्ति कामना छ।
— Pradeep Gyawali (@PradeepgyawaliK) July 19, 2019
त्यसैगरी परराष्ट्र मन्त्रालयले पनि ट्वीट मार्फत अंगदानको जानकारी गराएको छ।
There are many different ways to engage in the service of humanity. Foreign Minister Hon. Mr. Pradeep Kumar Gyawali and Madam Saraswati Gyawali being participants of this noble cause today. Inspiring.@PradeepgyawaliK pic.twitter.com/f42DUPLEMu
— MOFA of Nepal 🇳🇵 (@MofaNepal) July 19, 2019