काठमाडौं : राष्ट्रिय खेलकुदका सदस्य–सचिव सिलवालले क्रिकेटको हित नचाहनेहरुका कारण क्रिकेटको विवादले निकास नपाएको बताउदै ६ महिना भित्र क्रिकेटको विवाद समाधान गर्ने गरी अगाडि बढिरहेको बताए।
श्रीलंकामा खेल्न जान लागेको नेक्सस क्रिकेट एकेडेमीलाई शुक्रवार बिदाई गर्दै सदस्य सचिव सिलवालले ६ महिनामा समस्या समाधा नभएर आइसीसीकै अफिसमै जाने बताए।
‘क्रिकेटलाई गति दिन नचाहनेहरुको कारण क्रिकेटको समस्या समाधान नभएको हो। संघ क्रिकेटलाई माथि उठाउन हो क्रिकेट संघलाई माथि उठाउनका लागि होइन।’– सदस्य–सचिव सिलवालले भने– ‘छ महिनाभित्र क्रिकेटको समस्या समाधन गर्नेतर्फ अग्रसर छु। सकिन भने आइसीसीमा गएर भएपनि निकासका लागि पहल गर्छु।’
एनसीए टोली श्रीलंका जाँदै
नेक्सस क्रिकेट एकेडेमी (एनसीए) को टोली मैत्रीपूर्ण क्रिकेट खेल्न शनिबार श्रीलंकाको कोलोम्बो जाँदै छ। जुलाई २१ देखि २८ तारिखसम्म हुने मैत्रीपूर्ण खेलअन्तर्गत एनसीएले ७ खेल खेल्ने छ।
एनसीएले श्रीलंकाको बासुलिका क्रिकेट एकेडेमीसंग ३ खेल, एयर फोर्स र आर्मीसंग १–१ खेल तथा स्थानिय क्लबसंग २ खेल खेल्ने तालिका छ। सबै खेल ५० ओभरको हुने छ।
खेलाडीमा उत्तम थापा मगर (कप्तान), अभिषेक कुँवर (उप कप्तान), सार्थक न्यौपाने, अभिषेक बुढाथोकी, रोचक यादव, इन्द्र देउवा, हरिश केसी, रोशन शाह, हिमाल न्यौपाने, रमेश बुढा, सुमित बुढाथोकी, इशान शेख र तनिश स्वप्निल रहेका छन् ।
प्रशिक्षकमा भरतकुमार शाही तथा व्यवस्थापकमा सरस्वती शाही छन्। टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालले शुक्रबार बिदाइ गरे।