PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

राखेपको प्रशासन विभाग प्रमुखमा कुलबहादुर थापा



पहिलोपोस्ट

राखेपको प्रशासन विभाग प्रमुखमा कुलबहादुर थापा

काठमाडौं : राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत प्रशासन विभाग प्रमुखको जिम्मेवारी कुलबहादुर थापालाई शुक्रबार दिइएको छ।

प्रशासन विभागका प्रमुख बासुदेव आचार्य बिहीबार उमेर हदका कारण अनिवार्य अवकास भएपछि उक्त पद रिक्त थियो । यसअघि थापा खेलकुद विकास विभागमा थिए।

खेलकुद विकास विभागमा संघ संस्था समन्वय शाखाका प्रमुख डेमबहादुर बस्नेतलाई जिम्मेवारी दिइएको छ। बस्नेतको ठाँउमा ज्ञानेन्द्र श्रेष्ठ प्रमुख तोकिएका छन्। त्यस्तै मधुसुदन बस्नेत खेलकुद प्रतियोगिता तथा योजना विभागको प्रमुख बनेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell