PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

कर्णालीमा एक वर्षभित्र बन्दै डिजेल र पेट्रोल भण्डारण गृह



पी बी खड्का

कर्णालीमा एक वर्षभित्र बन्दै डिजेल र पेट्रोल भण्डारण गृह

सुर्खेत: नेपाल आयल निगमले सुर्खेतमा अवको एकवर्षभित्र कर्णाली प्रदेशलाई ४ दिनसम्म पुग्ने इन्धन भण्डारणगृह निर्माण हुने भएको छ। कर्णालीमा अहिलेसम्म डिजेल र पेट्रोल भण्डार हुन सकिरहेको छैन।
 
अहिले तत्कालका लागि कर्णाली प्रदेशमा ४ लाख २० हजार लिटर डिजेल र २ लाख १० हजार लिटर पेट्रोल अट्न सक्ने क्षमताको भण्डारणगृह निर्माण गर्ने नेपाल आयल निगम प्रादेशिक कार्यालय हवाई इन्धन डिपो सुर्खेतका प्रमुख दीपकप्रसाद घिमिरेले जानकारी दिए। चालु आर्थिक वर्षभित्रै भण्डारणगृह निर्माण गर्न भर्खरै टेण्डर आव्हान भएको भन्दै आगामी चालु आर्थिक वर्षदेखि काम सुरु हुने उनको भनाई छ।
 
इन्धन भण्डारणगृह नहुँदा अहिलेसम्म कर्णालीमा डिजेल र पेट्रोल भण्डारण हुन नसक्दा यहाँका नागरिकले चर्को मूल्य तिनुपर्ने बाध्यता छ।
 
प्रमुख घिमिरेका अनुसार झण्डै ४ करोड ५९ लाखको लागतमा उक्त इन्धन भण्डारणगृह निर्माण हुन लागेको हो। निर्माण कार्य सम्झौता भएको एक वर्षभित्र निर्माण कार्य पुरा हुने प्रमुख घिमिरे बताउँछन्।
 
‘अहिलेसम्म कर्णालीमा डिजेल पेट्रोल भण्डारण गर्न सकिरहेका छैनौँ,’ उनले भने,‘भण्डारण गृहको लागि टेण्डर भइसकेको छ। अवको एक वर्षमा काम सकेर ४ लाख २० हजार लिटर डिजेल र २ लाख १० हजार लिटर पेट्रोल अट्न सक्ने र बन्द, हडताललगायत विभिन्न कारणले चार दिनसम्म आउन सकेन भने पनि यो भण्डारणगृहले पुग्ने देखिन्छ।’

भण्डारणगृह निर्माण भए कर्णालीमा खपत हुने इन्धन करिव ४ दिनसम्मलाई पुग्ने प्रमुख घिमिरेको भनाई छ। अहिले कर्णालीमा डिजेल र पेट्रोलको मौज्दात शुन्य छ।
 
२०५२ सादेखि सञ्चालनमा आएको सुर्खेतको डिपोमा ४५ हजार मट्टितेल र ६० हजार लिटर हवाई इन्धन अट्न सक्ने क्षमताको छ। वार्षिक रुपमा झण्डै तीन लाख लिटर मट्टितेल बिक्री हुदैँ आएको छ भने हवाई इन्धन ७ दिनमात्रै पुग्ने गरेको प्रमुख घिमिरले बताए।
 
नेपाल सरकारको नीति अनुरुप सुर्खेतमा ९० दिनलाई पुग्ने इन्धन भण्डारणगृह निर्माण भए यो डिपो प्रादेशिक पेट्रोल पम्प बन्ने छ। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell