PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

अख्तियारको अप्रेसन : इन्जिनियरको गाडी चेक गर्दा लाखौं रुपैयाँ



पहिलोपोस्ट

अख्तियारको अप्रेसन : इन्जिनियरको गाडी चेक गर्दा लाखौं रुपैयाँ

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस रकम सहित तीन जनालाई पक्राउ गरेको छ।

विशेष सुचनाका आधारमा अख्तियारको टोलीले शुक्रवार जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय दोलखाका सिनियर डिभिजन इन्जिनियर प्रकाश अधिकारी, जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय सिन्धुपाल्चोकका इन्जिनियर भोगेन्द्र साह र सवारी चालक सुमन खड्कालाई नियन्त्रणा लिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।

‍इन्जिनियर अधिकारीले विभिन्न उपभोक्ता समिति तथा अन्य कम्पनीसँग घुस रकम लिएको जानकारी पाएपछि अख्तियारको टोलीले अप्रेसन शुरु गरेको थियो। इन्जिनियर अधिकारी बा. १ झ ५२८० नम्बरको सरकारी गाडीमा काठमाडौं आउँदै गरेको सूचना आयोगले पाएको थियो। जानकारी अनुसार उक्त नम्बरको गाडी भक्तपुर जगातीमा नियन्त्रणमा लिई खानतलासी गर्दा इन्जिनियर प्रकाश अधिकारीको साथबाट तेह्र लाख अठ्तीस हजार पाँच सय फेला पारेको प्रवक्ता कोइरालाले जानकारी दिए।

गाडीमा जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय सिन्धुपाल्चोकका इन्जिनियर भोगेन्द्र साहको साथबाट (एक लाख उन्नतीस हजार एक सय रुपैयाँ नगद फेला परेकोले थियो। सवारी चालक सुमन खड्कालाई बा १ झ ५२८० नम्बरको टोयोटा हाइलक्स गाडी सहित नियन्त्रणमा लिइ अनुसन्धान भइरहेको आयोगले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell