PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

भारतका मलिक मिस्टर साउथ एसिया, अफगानिस्तान टिम च्याम्पियन



पहिलोपोस्ट

भारतका मलिक मिस्टर साउथ एसिया, अफगानिस्तान टिम च्याम्पियन

काठमाडौं : १२औं दक्षिण एसियाली बडिबिलिडिङ एण्ड फिटनेश च्याम्पियनसिपमा भारतका रविन्दर कुमार मलिक ओभरअल च्याम्पियन बनेका छन्। यस्तै ८ राष्ट्रको सहभागिता रहेको यस च्याम्पियनसिपमा अफगानिस्तान सबैभन्दा धेरै अंक जोड्दै टिम च्याम्पियन बनेको छ।

शुक्रवार र शनिवार काठमाडौंमा भएको च्याम्पियनसिप अन्तर्गत पुरुष सिनियर बलिबिल्डिङतर्फ ६ प्रतिस्पर्धीलाई अन्तिम चरणमा पछि पार्दै भारतका मलिक ओभरअल च्याम्पियन बने। उनी मिस्टर साउथ एसिया घोषित भए। साथै उनले १५ किलोग्रामको ट्रफी हात पारे। त्यसअघि उनले ८० केजीतर्फ गोल्ड मेडल जितेका थिए।

विभिन्न ९ तौल समूहमा गोल्ड मेडल जित्नेबीच ओभरअल च्याम्पियनसिपमा लागि प्रतिस्पर्धा हुने तय थियो तर अन्तिम चरणमा दुई समूहमा गोल्ड मेडिलस्ट खेलाडी पूर्ण रुपमा फिट नरहेको भन्दै आयोजकले ७ तौल समूहका विजेतालाई मात्र प्रतिस्पर्धा गराएको थियो।

ओभरअलमा नेपालबाट एक खेलाडी मात्र रहेपनि उनले जित्न सकेनन्।  नेपालका समिर श्रेष्ठले ६५ केजीतर्फ गोल्डे मेडल जित्दै ओभरअलमा स्थान बनाएका थिए।

यस्तै टिमतर्फ अफगानिस्तान सर्वाधिक अंकसहित टिम च्याम्पियन बन्दा घरेलु टोली नेपाल दोस्रो र भारत तेस्रो भयो। अफगानिस्तानले ५३५ अंक जोड्यो। यस्तै नेपालले ४४५ र भारत ३८८ अंक प्राप्त गरेको थियो।

नेपाल बडिबिल्डिङ तथा फिटनेस एसोसिएसनको आयोजनामा भएको दुई दिने च्याम्पियनसिपमा बडिबिल्डिङ र फिजिक्स (पुरुष/महिला)तर्फ गरी विधिन्न १८ विधामा प्रतिस्पर्धा गराइएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell