PahiloPost

Apr 16, 2024 | ४ बैशाख २०८१

नेपाली क्रिकेट टोली सिंगापुर पुग्यो, क्वालिफायरमा मंगलबार कतारसँग पहिलो खेल खेल्ने



पहिलोपोस्ट

नेपाली क्रिकेट टोली सिंगापुर पुग्यो, क्वालिफायरमा मंगलबार कतारसँग पहिलो खेल खेल्ने
Photo : Malaysian Cricket Association

काठमाडौं : आइसीसी टी २० विश्वकप एसिया फाइनल क्वालिफायर खेल्न नेपाली राष्ट्रिय क्रिकेट टोली सिंगापुर पुगेको छ। मलेसियामा १० दिनको तयारीपछि नेपाली टोली शनिवार उतैबाट सिंगापुर गएको छ।

सिंगापुरको कन्डिसनमा अभ्यस्त हुन लागि चाँडै मलेसिया गएको नेपालले त्यहाँ दुई खेलको टी २० आई सिरिज समेत खेल्यो। मलेसियासँग दुई वटै खेल जित्दै नेपालले पहिलो पटक टी २० आई सिरिज क्लिन स्वीप गर्ने कीर्तिमान पनि बनायो।

सिंगापुर र मलेसियाको कन्डिसन उस्तै भएकोले नेपालले यसपटक सिंगापुरमा तयारी गरेको हो।

सन् २०२० मा अष्ट्रेलियामा हुने टी २० विश्वकपको लागि दोस्रो चरणको खुड्किलोको रुपमा एसियाको फाइनल राउण्डको क्वालिफायर यही जुलाई २२ देखि २८ सम्म हुँदैछ। जसमा एसियाका ५ राष्ट्रले प्रतिस्पर्धा गर्दैछन्। राउण्ड रोविन लिगको आधारमा हुने खलपछि विजेता टोली युएईमा अक्टोबर-नोभेम्बरमा हुने ग्लोबल क्वालिफायरमा छनव६ हुनेछ। नेपालको एक मात्र लक्ष्य पनि त्यही छ।

नेपालले क्वालिफायको पहिलो खेल आउने मंगलवार कतारसँग खेल्नेछ। यस्तै नेपालले जुलाई २४ मा मलेसिया, जुलाई २७ मा कुवेत र जुलाई २८ मा घरेलु टोली मलेसियासँग खेल्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell