PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

म्यानचेष्टर सिटीलाई हराउँदै वुल्भ्सले जित्यो 'प्रिमियर लिग एसिया ट्रफी'



म्यानचेष्टर सिटीलाई हराउँदै वुल्भ्सले जित्यो 'प्रिमियर लिग एसिया ट्रफी'
Photo : PremierLeague

प्रिमियर लिग एसिया ट्रफी २०१९ को उपाधि वल्भरह्याम्पटन वन्डरर्स (वल्भ्स) ले जितेको छ।

प्रिमियर लिग सुरु हुनुअघि इंग्ल्याण्डका चार क्लबले एसियामा आएर खेलेका थिए। त्यसमा वुल्भ्सले गत सिजनको लिग च्याम्पियन म्यानचेष्टर सिटीलाई पराजित गर्दै उपाधि जितेको हो। त्यसअघि वल्भ्सले न्यूकासल र सिटीले वेष्टहमलाई हराउँदै फाइनलमा स्थान बनाएको थिए।

चीनकझ सांघाईस्थित हङकोउ फुटबल स्टेडियममा शनिवार सम्पन्न फाइनल खेलमा वल्भ्सले सिटीलाई पेनाल्टीसुटआउटमा ३-२ ले हराएको हो। सिटीले खेलअवधीमा चार पेनाल्टीमा गोल गर्न सकेन। निर्धारित समयमा सिटीले पेनाल्टी पाएपनि रहिम स्टर्लिङको प्रहार पोष्टभन्दा माथि गएको थियो।

त्यसअघि खेल गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टीबाट भएको हो। सिटीको तर्फबाट डेविड शिल्भा, इकाए गुन्डागोन, एनमेचा जस्ता खेलाडीले पेनाल्टीमा गोल गर्न सकेनन्। तीन खेलाडीको प्रहार वल्भ्सका गोलकिपर रुई प्याट्रिसिओले रोकेका थिए।

वल्भ्सलाई जिताउन पेनाल्टीसुटआउटमा राएन बेन्नेट, टेलर पेरी र रुवेन भिनाग्रेले गोल गरे। सिटीका लागि डानिलो र एलेक्स गार्सियाले मा गोल गरे।

वल्भ्सका कोनो केडी र विलियम किलमनले पेनाल्टीमा गोल गर्न सकेनन्।

सन् २००३ देखि एसियामा आएर प्रिमियर लिगका क्लबले यस प्रतियोगिता खेल्न थालेका थिए। प्रत्येक दुई-दुई वर्षमा यो प्रतियोगिता हुँदै आएको छ। दुई वर्षअघि लेस्टर सिटीलाई पराजित गर्दै लिभरपुलले यस प्रतियोगिताको उपाधि जितेको थियो। अहिलेसम्म चेल्सीले सर्वाधिक २ पटक यो उपाधि जितेको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell