PahiloPost

Apr 16, 2024 | ४ बैशाख २०८१

महिलाको नेतृत्वमा चन्द्रयान २ को प्रक्षेपण गर्दै भारत



महिलाको नेतृत्वमा चन्द्रयान २ को प्रक्षेपण गर्दै भारत
फोटो: इसरो

नयाँ दिल्ली: भारतले आज चन्द्रयान २ को प्रक्षेपण गर्दैछ। यानमा गत हप्ता देखिएको प्राविधिक समस्या समाधान गर्दै भारतीय समय अनुसार आज दिउँसो २ बजेर ४३ मिनेटमा चन्द्रयानको प्रक्षेपण गरिने भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) ले जनाएको छ। 

यो यानको प्रक्षेपणका लागि करिब १ हजार वैज्ञानिकहरु लागिरहेको बताइएको छ। यद्यपि, चन्द्रयान २ को प्रक्षेपणको नेतृत्व एक महिलाले गर्ने इसरोले जनाएको छ। 

जुलाई १४ मा चन्द्रयान २ को प्रक्षेपणको तयारी गरिएको थियो। प्रक्षेपण अवलोकन गर्न भारतका राष्ट्रपति रामनाथ कोविन्दसमेत प्रक्षेपणस्थलमा पुगेका थिए। तर, प्राविधिक समस्याका कारण अन्तिम समयमा प्रक्षेपण रद्द भएको थियो।

चन्द्रयान १ को सफलतापछि भारतले चन्द्रयान २ लाई महत्वकांक्षी योजना अन्तर्गत राखेको थियो। चन्द्रमामा पुग्ने भारतको महत्वकांक्षी योजना सन् २००८ मा पुरा भएको थियो। चन्द्रयानले चन्द्रमाको सतहमा अवतरण नभए पनि यानको रडारले चन्द्रमामा पानीको उपलब्धता बारेमा पहिलोपटक खोज गरेको थियो।

चन्द्रयान २ लाई भारतले अहिलेसम्म कुनै राष्ट्रको यान नपुगेको भागमा पुर्‍याउने योजना रहेको थियो। आज प्रक्षेपण गरेपछि करिब २ लाख २९ माइलको यात्रा तय गर्दै सेप्टम्बर ६ वा ७ मा चन्द्रयान २ चन्द्रमामा पुग्ने अनुमान गरिएको छ।

चन्द्रयान प्रक्षेपण भएपनि चन्द्रमाको सतहमा यानको अवतरणबारे भने अझै चुनौती रहेको बताइएको छ। चन्द्रमामा अवतरणका क्रममा करिब १५ मिनेट निकै डरलाग्दो हुने इसरोले जनाएको छ। सो समयमा कन्ट्रोल रुमबाट यानको संचालन र। नियन्त्रण गरिरहेकाहरुले केही गर्न नसक्ने समेत बताइएको छ। योजना अनुरुप काम भएमा भारतीय यान पहिलोपटक चन्द्रमामा अवतरण हुनेछ। अन्यथा यानको दूर्घटना हुनसक्ने बताइएको छ।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell