PahiloPost

Aug 20, 2019 | ३ भदौ २०७६


कृष्ण बजगाईंको जापान नियात्रा ‘दाइबुचु’ सार्वजनिक


कृष्ण बजगाईंको जापान नियात्रा ‘दाइबुचु’ सार्वजनिक

लन्डन: बेलायत निवासी साहित्यकार कृष्ण बजगाईंले दाइबुचु नियात्रासङ्ग्रह ल्याएका छन्। अंग्रेजी साहित्यका स्वच्छंदतावादी कवि विलियम वर्डस्वर्थ म्युजियमको रुपमा संचालित उनको निवास ग्रासमेर, बेलायतमा लेखक बजगाईंले ‘दाइबुचु’ सार्वजनिक गरे। उनको जापान यात्राका अनुभूतिहरु समाविष्ट ‘दाइबुचु’ शिखा बुक्स काठमाडौंले प्रकाशन गरेको हो। 

बौद्धिक र अनुसन्धानमूलक नियात्रा लेखनमा सक्रिय बजगाईले यस कृतिमा जापानका कला, साहित्य, संस्कृति, धर्म, इतिहास आदिलाई नियात्राका विषय बनाएका छन्। एघार वटा साहित्यिक कृतिका सर्जक बजगाईंको यो तेस्रो नियात्रासङ्ग्रह हो। यस भन्दा अघि उनको ‘युरेशियाको स्पर्श’ र ‘भाया साक्रा’ नियात्रासङ्ग्रह प्रकाशित भइसकेका छन्।

बेल्जियम र बेलायतमा लामो समय बिताएका बजगाई साहित्य सिर्जना र साहित्यिक संघसंस्थामा सक्रिय छन्। समकालिन साहित्य प्रतिष्ठान बेलायतका संस्थापक अध्यक्ष रहेका बजगाई विगत १३ वर्षदेखि समकालीन साहित्य डट कम नामक वेब पत्रिकाको सम्पादन तथा प्रकाशन गर्दै आएका छन्। उनी बेलायतबाट प्रकाशित हुने नेपाली भाषाको अन्तर्राष्ट्रिय साहित्यिक जर्नल ‘प्रवासन’का प्रधान सम्पादक पनि हुन्।



कृष्ण बजगाईंको जापान नियात्रा ‘दाइबुचु’ सार्वजनिक को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट