PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

नागरिकताका आधारमा होइन, मानव जातिका आधारमा उपचार गर्न प्रम ओलीको आग्रह



पहिलोपोस्ट

नागरिकताका आधारमा होइन, मानव जातिका आधारमा उपचार गर्न प्रम ओलीको आग्रह

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारीको आकस्मिक तथा बहिरंग सेवा भवनको आज उद्घाटन गरेका छन्।

भवनउद्घाटन पछि प्रधानमन्त्रीओलीले यस अस्पतालले कसैलाई भेदभाव नराखी उपचार गर्ने विश्वास व्यक्त गरे।

'यस अस्पतालले देश वा नागरिकताका आधारमा होइन सबैलाई समान भावले उपचार गर्नेछ,' प्रधानमन्त्री ओलीले भने, 'अस्पतालमा उपचार गर्न आएका सबैलाई हामीले मानव जातिको रुपमा उपचार गर्नु पर्दछ।'

२०५१ सालमा आफू गृह मन्त्री भएको बेला यस अस्पतालको निर्माणको प्रस्ताव आएको प्रधानमन्त्री ओलीले स्मरण गरे।

'हृदय रोग उपचार केन्द्र निर्माण गरौं भनेर डा. अरुण सायमीजीले प्रस्ताव ल्याउदा म धेरै खुशी भएको थिएँ,' प्रधानमन्त्री ओलीले भने, 'भयाभह हुँदै गरेको मुटु रोगको उपचार हुन सहज भएपछि धेरै जनाको ज्यान बच्ने भयो भनेर पनि मेरो रमाएको थियो।'

प्रधानमन्त्री ओलीले यस प्रकारका उच्च प्रविधियुक्त अस्पतालहरुले हामीलाई विद्वान पुर्खाको विरासततर्फ फर्काएको बताए। नेपालीका पुर्खा विद्वान भएका थुप्रै प्रमाण भएको प्रधानमन्त्री ओलीको भनाइ छ।

'पुर्खाहरुले प्रयोग र अनुभवबाट जडिबुटीलाई औषधीको रुपमा प्रयोग गरे। त्यतिबेला कुनै प्रयोगशाला थिएन। त्यस कारण जडिबुटीहरुलाई आफ्नै शरीरमा प्रयोग गरेर औषधी र बिष छुट्याउने हाम्रै पुर्खा हुन्,' प्रधानमन्त्री ओलीले भने, 'हाम्रा पुर्खाहरु अन्धविश्वासमा होइन प्रयोगमा विश्वास गर्दथे।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell