PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

भ्रष्टाचारभन्दा गिरफ्तारी बढेको प्रधानमन्त्री ओलीको दाबी, 'यसअघिका सरकार के हेरेर बसेका थिए?'  



भ्रष्टाचारभन्दा गिरफ्तारी बढेको प्रधानमन्त्री ओलीको दाबी, 'यसअघिका सरकार के हेरेर बसेका थिए?'  

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार नियन्त्रणमा सरकार सक्रिय रहेको बताएका छन्।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसी नेतृत्वको प्रतिनिधिमण्डलसँग आज प्रधानमन्त्री ओलीले उक्त भनाई राखेको प्रधानमन्त्रीको सचिवालयले जारी गरेको प्रेस नोटमा उल्लेख छ। 

प्रधानमन्त्री ओलीले अहिले भ्रष्टाचारीहरु धमाधम पक्राउ परिरहेको बताए। 'सरकारले भ्रष्टाचार गर्नेलाई अहिले धमाधम पक्राउ गरिरहेको छ,' प्रधानमन्त्री ओलीले भने, 'अहिले भ्रष्टाचार बढेको होइन गिरफ्तारी बढेको हो। भ्रष्टाचारमा संलग्नलाई सानो ठुलो भनेर हेरिदैन। सबैलाई कारबाही हुन्छ।'

प्रधानमन्त्री ओलीले सरकारी जग्गा अतिक्रमण गर्नेलाई पनि सरकारले नछोड्ने बताए। विभिन्न ठाउँमा अतिक्रमण भएका र भू– माफियाले कब्जा गरेका सरकारी जग्गाहरु पनि सरकारले विधि पुर्‍याएर फिर्ता लिने प्रधानमन्त्री ओलीको  भनाइ छ। 

'ललिता निवासको जग्गा पनि वर्तमान सरकारले छानविन थालेको हो। तर यही सरकारले जग्गा हडपेको जस्तो गरी मान्छेहरु कराइरहेका छन्,' प्रधानमन्त्री ओलीले भने, 'यो भन्दा अघिका सरकारहरु के हेरेर बसेका थिए? त्यति बेला सरकारमा बसेका मान्छे नै अहिले ठुला ठुला कुरा गर्छन्।'

प्रतिनिधि मण्डलले बाग्लुङको गल्कोटमा इलाका प्रसाशन कार्यलय स्थापना गर्न प्रधानमन्त्री ओलीसमक्ष माग  गर्दै एक ज्ञापन पत्र पनि बुझाएको छ। ज्ञापनपत्र बुझेपछि प्रधानमन्त्री ओलीले जनतालाई सहज रुपमा सेवा दिने  आफ्नो नीति  भएकोले इलाका प्रसाशन कार्यलय स्थापना गर्न आफू सकारात्मक रहेको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell