PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

जब पाटनमा निस्कियो 'यल ल्याकु मिप्वा: लाखे' ..

जब पाटनमा निस्कियो 'यल ल्याकु मिप्वा: लाखे' ..


पाटन : लाखे भन्ने बित्तिकै धेरैले येँया: (इन्द्रजात्रा) मा हुने मजिपा: लाखेको नृत्यु सम्झन्छन्। तर, उपत्यकामा त्यसबाहेक पनि धेरै लाखे नाचहरु हुने गर्छन्। गथांमुग: सँगै नेवार समुदाय रहेको स्थानबाट अहिले लाखेहरु निस्किरहेका छन्। राक्षसी स्वरुप भए तापनि लाखेलाई नेवारहरुले देवताकै रुपमा पुज्दै आएका छन्। राक्षसी प्रवृत्तिमाथि सत्यको जीतका रुपमा रहेका यी सबै लाखेका छुट्टाछुट्टे महत्व रहेको छ। 

यसैबीच गथांमुग: को दिनदेखि पाटनमा यल ल्याकु मिप्वा: लाखे नाच सुरु भएको छ। अन्य स्थानमा निस्कने लाखे नाचभन्दा यो नाच फरक रहेको छ। पाँच दिनसम्म सञ्चालन हुने यो नाचमा मसाल जलाएर लाखेले आगो फुक्ने गर्छ। यो नाचमा लाखेसँगै तीनपकुचा पनि रहन्छ। पाटनको सौग: बाट सुरु हुने यो नाच पाँच दिनसम्म विभिन्न स्थानमा प्रदर्शन गरिन्छ।

करिब ३० वर्ष रोकिएको यो नाच गत वर्षदेखि स्थानीयको पहलमा सुरु भएको थियो।  यल ल्याकु मिप्वा: लाखे नाच शनिवार समापन हुन्छ।

प्रविण रानाभाटरोजन श्रेष्ठले खिचेका फोटोहरु :



ट्रेन्डिङ पोस्ट

Ncell