PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

यी हुन् १० सबैभन्दा धेरै बिक्री हिस्सा भएका स्मार्टफोन कम्पनी



पहिलोपोस्ट

यी हुन् १० सबैभन्दा धेरै बिक्री हिस्सा भएका स्मार्टफोन कम्पनी

स्मार्ट फोन सबैको हातहातमा हुन्छ अहिले। तर, कुन कम्पनीको स्मार्टफोन सबैभन्दा धेरै बिक्छ? विश्व बजारमा कुन स्मार्ट फोन कम्पनीको बजार हिस्सा कति छ? काउन्टरपोइन्ट मार्केट मोनिटर फर क्यू २ २०१९ ले शीर्ष १० स्मार्ट फोन कम्पनीको सूची सार्वजनिक गरेको छ। शीर्षमा कुन कुन स्मार्टफोन कम्पनी रहेछन् त?

एक : सामसुङ

सूचीको पहिलो नम्बरमा छ सामसुङ। विश्व बजारको कूल हिस्सामध्ये २१.३ प्रतिशत हिस्सा कोरियन कम्पनीसँग रहेको छ। यसको बजार गत वर्षको तुलनामा बढेको पनि देखिएको छ।

दुई : हुवावे

दोस्रो स्थानमा लिएको छ हुवावेले। चिनियाँ कम्पनी हुवावेको विश्व बजारमा १५.८ प्रतिशत हिस्सा रहेको देखिएको छ। हुवावेले पनि गत वर्षभन्दा आफ्नो बजार बिस्तार गरेको देखिएको छ।

तीन : एप्पल

ब्रान्ड भ्यालुकै कारण सधैं चर्चामा रहने एप्पलले कूल बजारको १०.३ प्रतिशत हिस्सा लिएको छ। यो तेस्रो बढी बिक्री हुने मोबाइल कम्पनी हो। अघिल्लो वर्षको तुलनामा सन् २०१९ को आधासम्म कम्पनीले बजार हिस्सा भने केही गुमाएको छ।

चार : सियोमी

बजार हिस्सा सामान्य बढाए पनि चौथो स्थानमा कायम छ सियोमी। चिनियाँ ब्रान्डको यो मोबाइलको विश्व बजारमा ९ प्रतिशत हिस्सा रहेको छ।

पाँच : ओप्पो

पाचौं स्थानमा रहेको छ चिनियाँ कम्पनीकै ओप्पो। क्यामरा फोनका रुपमा स्थापित यो मोबाइलले विश्व बजारमा ८.१ प्रतिशत हिस्सा रहेको छ। तर, एक वर्षको तुलना गर्ने हो भने कम्पनीको फोन उत्पादन २ प्रतिशत घटेको छ।

छ : भिभो

गत वर्षको तुलनामा २.२ प्रतिशत बृद्धि गरेको भिभो विश्व बजारमा छैटौं स्थानमा छ। चिनियाँ कम्पनीको यो स्मार्टफोनको बजार हिस्सा ७.५ प्रतिशत रहेको छ।

सात : मोटोरोलासहितको लेनेभो

एक वर्षमा ६ प्रतिशतको उत्पादन वृद्धि गरेको मोटरोलासहितको लेनेभो छैटौं स्थानमा छ। विश्व स्मार्टफोन बजारमा कम्पनीको बजार हिस्सा २.६ प्रतिशत रहेको छ।

आठ : एलजी

दक्षिण कोरियाली कम्पनी एलजीले स्मार्टफोन बजारमा आफ्नो आठौं स्थान पाएको छ। कम्पनीले पछिल्लो ६ महिनामा १८.५ प्रतिशत उत्पादन गुमाएका कारण सूचीमा पनि पछि परेको हो। यसको बजार हिस्सा २.२ प्रतिशत छ।

नवौं : नोकिया

कुनै समय मोबाइल फोन बजारमा एकलौटी हिस्सा बनाएको नोकियाको अवस्था भने यतिखेर नवौंमा झरेको छ। स्मार्ट फोनको युग सुरु हुनुअघि सेलफोनको बजारमा फिनल्यान्डको नोकिएले एकलौटी राज गरेको थियो।

दश : रियलमी

सूचीको अन्तिममै रहे पनि सबैभन्दा बढी उपलब्धी लिँदै चिनियाँ कम्पनी रियलमीले आफूलाई विश्व बजारमा माथि ल्याउँदै छ। एक वर्षमा ८ सय ४८ प्रतिशतको वृद्धि सहित बजारमा उत्रिएको यो कम्पनीको स्मार्टफोनले विश्व बजारमा १.३ प्रतिशत हिस्सा ओगटेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell