PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

प्रदर्शनीमा लाटोकोसेरोका चित्र, १० फोटोमा हेर्नुस्

प्रदर्शनीमा लाटोकोसेरोका चित्र, १० फोटोमा हेर्नुस्

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं: राजधानीको होटल अन्नपूर्णमा लाटोकोसेरोका चित्रकला प्रदर्शनीमा राखिएको छ।

आज ५ बजेसम्म गरिने प्रदर्शनीमा ३५ बढी चित्र प्रदर्शनीमा राखिएका छन्।

'हिरा बाई मीना डंगोल, अ ट्रिब्युट टु हिरालाल डंगोल' शीर्षकमा शुरु भएको प्रदर्शनीबाट उठेको रकम जेसिआई काठमाडौंमार्फत 'छोरीलाई पनि शिक्षा' कार्यक्रमलाई प्रदान गरिने चित्रकार मीना डंगोलले बताइन्।

चित्रकार मीना डंगोल आफूले बनाएको चित्रका साथमा।

बुवा हीरालाल डंगोल चित्रकलाको सौखिन रहेको र बुवाबाटै प्रेरित भएर चित्रकलामा प्रवेश गरेको डंगोलले बताइन्।

चित्रकलाको विषय लाटोकोसेरो नै रोज्नुको कारण? यसबारे चित्रकार डंगोलले भनिन्, 'लाटोकोसेरो आक्रामक चरा हो र यसको आँखाले नै मलाई आकर्षित गर्‍यो।'

आगामी दिनमा आफ्नो चित्रकला विदेशमा पनि प्रदर्शनीमा लैजाने बताइन्। प्रदर्शनी द्वारिका होटलकी अध्यक्ष अम्बिका श्रेष्ठले उद्घाटन गरेकी थिइन्।



ट्रेन्डिङ पोस्ट

Ncell