PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

सूर्यविनायकमा सिन्धुपाल्चोकबासीले गरे रक्तदान



सूर्यविनायकमा सिन्धुपाल्चोकबासीले गरे रक्तदान

भक्तपुर: भक्तपुर सुर्यविनायक चोकमा सिन्धुपाल्चोकबासीले रक्तदान गरेका छन्। मोलम युवा क्लब ठुलो धादिङ-१, चङ्कीफोला युवा क्लब ठुलो धादिङलगायतका संस्थाहरु र विभिन्न लायन्स क्लबको संयुक्त आयोजनामा आज भएको खुल्ला रक्तदान कार्यक्रममा ४३ जनाले रक्तदान गरेका छन्।

रेडक्रस भक्तपुरको सहयोगका कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको मोलम युवा क्लबका अध्यक्ष संगम लामा मोक्तानले जानकारी दिए। व्यस्तताका बाबजुद् पनि रक्तदानमा उल्लेख्य सहभागिता जनाएकोमा खुसी लागेको चङ्कीफोला युवा क्लबका अध्यक्ष मानराज मोक्तानले बताए।

बाढीपहिरोका कारण दुर्घटना बढेको र यस समयमा रगतको कमी हुने भएकोले रक्तदान कार्यक्रम आयोजना गरिएको क्लबका सल्लाहकार तीर्थ लामा तामाङले बताए। 'अहिले रगतको अफसिजन हो। तर बाढीपहिरोले दुर्घटना बढिरहेको छ,' सल्लाहकार लामाले भने, 'यही विषयलाई मध्यनजर गरी कार्यक्रम आयोजना गरिएको हो।'

रक्तदान कार्यक्रम बिहान ७ बजेदेखि १० बजेसम्म सञ्चालन गरिएको थियो। क्लब स्थापनापछि पहिलोपटक रक्तदान गरिएको हो। सिन्धुपाल्चोकका समाजसेवी भुपेन्द्र थापाको सक्रियतामा कार्यक्रम भएको आयोजक पक्षले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell