PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

नम्रताको होम प्रोडक्सन 'जायरा' बाट भिलेनको स्वरुपमा डेब्यू गर्दै सिर्जना



पहिलोपोस्ट

नम्रताको होम प्रोडक्सन 'जायरा' बाट भिलेनको स्वरुपमा डेब्यू गर्दै सिर्जना
ट्रेलर सार्वजनिक कार्यक्रममा फिल्म 'जायरा' का कलाकार लगायत।

काठमाडौं: पछिल्लो समय अभिनेता अभिनेत्रीहरु फिल्म निर्माण तथा निर्देशनमा निकै सक्रिय हुन थालेका छन्। अभिनेत्री नम्रता श्रेष्ठको होम प्रोडक्सन फिल्म 'जायरा' बाट नेपाली फिल्म जगतमा एउटी नयाँ भिलेन थपिँदैछिन्, उनी हुन्- सिर्जना रेग्मी। होम प्रोडक्सन 'जायरा' मा मार्सल आर्ट खेलाडीको रुपमा प्रस्तुत भएकी नम्रताले फिल्ममा भिलेन पनि 'फिमेल' भर्सनमा सिर्जनालाई डेब्यू गराएकी छिन्।

प्रायः प्रेमकथामा आधारित फिल्ममा देखिँदै आएकी नम्रता 'जायर' मा एक्सन अवतारमा देखिएकी छिन्। यसअघि उनी अभिनित फिल्म 'प्रसाद' प्रदर्शनमा आएको थियो, जसलाई दर्शकले निकै रुचाए। आशुतोषराज श्रेष्ठ निर्देशित फिल्म 'जायरा' मा नम्रतासँगै अनुपविक्रम शाही, रेमनदास, प्रमोद अग्रहरि, सिर्जना रेग्मी लगायतका कलाकारहरु मुख्य भूमिकामा छन्।

'जायरा' बाट नेपाली रजतपटमा डेब्यु गर्न लागेकी सिर्जनाले बुधवार काठमाडौंमा आयोजित ट्रेलर रिलिज कार्यक्रममा आफूलाई 'जायरा' को अफर आँउदा सुरुमा भिलेनको भूमिका निर्वाह गर्न सक्छु या सक्दिनँ भनेर दोधारमा परेको बताइन्।

निर्देशक आशुतोषराज श्रेष्ठले नै फिल्मको कथा पनि तयार पारेका हुन्। उनी पनि 'जायरा' बाट निर्देशनमा डेब्यु गरेका हुन्। जायरा भदौ ६ गतेदेखि देशभरीका सिनेमाहलमा प्रदर्शनमा आउने छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell