PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

चितवनमा राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप हुने



 चितवनमा राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप हुने
फाइल फोटो

आगामी कात्तिक १ र २ गते चितवनको रत्ननगर नगरपालिकामा तेस्रो राष्ट्रिय खुला मैत्री तेक्वान्दो च्याम्पियनसिप हुने भएको छ।

रत्ननगर तेक्वान्दो डोजाङ, सरित सौराह, न्यू स्टार र सौराह डोजाङको संयुक्त आयोजनामा सो प्रतियोगिता हुन लागेको हो। आयोजन समितिका संयोजक पुष्प जोशीले प्रतियोगितामा पुरुषतर्फ २४ र महिलामा २२ जनाले प्रतिस्पर्धा गर्ने बताए।

त्यस्तै, पुम्सेतर्फ पुरुषका पाँच र महिलाका चार गरी नौ विधामा प्रतिस्पर्धा हनेछ। प्रतियोगितामा ६५ स्वर्ण, ६५ रजत र कास्यमा १३० गरी कूल २६० पदकका लागि प्रतिस्पर्धा हुनेछ।

प्रतियोगिता सञ्चालनका लागि अमेरिकाको पोर्टल्यान्डमा रहेको अन्तर्राष्ट्रिय ओपन फ्रेन्डशिप तेक्वान्दो च्याम्पियनशिप (आइओएफटिसी) र ललितपुरको मैत्री तेक्वान्दो डोजाङले सहयोग तथा सहकार्य गर्ने आयोजकले जनाएको छ।

च्याम्पियनसिपमा सिनियर पुरुष र महिलाका छ-छ तौल समूहका प्रतिस्पर्धामा प्रथम हुने खेलाडीलाई पुनः छनोट गरी सर्वोत्कृष्ट हुने तीन पुरुष र दुई जना महिला तेक्वान्दो खेलाडीलाई जनही एक लाख पुरस्कार प्रदान गरिनेछ। पाँच जना खेलाडी अमेरिकाको इस्टन मिसिगन युनिर्भसिटीमा सन् २०२० को मे १ र २ मा हुने १३औँ अन्तर्राष्ट्रिय खुला मैत्री तेक्वान्दो प्रतियोगिताका लागिसमेत छनोट हुनेछन्।

अन्तर्राष्ट्रिय ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिपका निर्देशक दिवाकर महर्जनले पहिरा पीडित र अनाथ बालबालिकालगायतका विभिन्न संघसंस्थालाई रु तीन लाख ७५ हजार सहयोग प्रदान गरेका थिए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell