PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

आरक्षण पक्षधरको उल्टो यात्रा विरोध प्रदर्शनमा प्रहरीको लाठी

आरक्षण पक्षधरको उल्टो यात्रा विरोध प्रदर्शनमा प्रहरीको लाठी

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं: आरक्षण पक्षधरले आज पनि लोकसेवाको विज्ञापनविरुद्ध प्रदर्शन गरेको छ। आरक्षण बचाउ आन्दोलनको आयोजनामा माइतीघरबाट शुरु भएको उल्टो यात्रा नयाँ बानेश्वर पुग्दा प्रहरी र प्रर्दशनकारीबीच झडप भयो। 

प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले लाठी प्रहार गरेका थिए। लाठी प्रहारबाट राजकुमार थापा मगर घाइते भएको आयोजकले जनाएको छ। उनको टाउकोमा चोट लागेको छ।

आयोगले जेठ १५ गते स्थानीय तहका लागि विभिन्न सेवा र समूह छुट्याएर प्राविधिक र अप्राविधिक पदमा जम्मा नौ हजार १६१ जनाको खुला प्रतिस्पर्धाद्वारा पदपूर्तिको विज्ञापन गरेको थियो।

उक्त विज्ञापन संविधान, कानून तथा सामाजिक न्यायको सिद्धान्त प्रतिकूल भएको भन्दै आरक्षण बचाउ अभियानको नेतृत्वमा आदिवासी जनजाति र दलित समुदायका अगुवाले विभिन्न सङ्घर्षका कार्यक्रम गर्दै आएका छन्।



ट्रेन्डिङ पोस्ट

Ncell