PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

ग्लोबल टि २० क्यानडा :प्लेअफमा सन्दीपको टोरन्टो नेशनल्स विरुद्ध सोमपालको विन्निपिग हक्स



ग्लोबल टि २० क्यानडा :प्लेअफमा सन्दीपको टोरन्टो नेशनल्स विरुद्ध सोमपालको विन्निपिग हक्स

क्यानडामा जारी ग्लोबल टि २० क्रिकेटमा टोरन्टो नेशनल्सले मोनट्रियल टाइगर्सलाई ३५ रनले पराजित गर्दै प्लेअफमा पुगेको छ।

बुधवार राति भएको खेलमा पहिले ब्याटिङ गर्दै नेशनल्सले ५ विकेट गुमाउँदै  १८९ रन बनाएको थियो। नेशनल्सका लागि रोडिग्रो कोतजरले सर्वाधिक ७० रन बनाए भने हेनरिज क्यासिनले नटआउट रहँदै ६४ रन बनाए।

जवाफी ब्याटिङमा आएको टाइगर्सले भने १९.३ ओभरमा अलआउट हुँदै मात्र १५४ रन बनाउन सक्यो। टाइगर्सका लागि म्यथिउ क्रसले सर्वाधिक ३९ रन र दिनेश चन्डिमालले ३६ रन बनाए।

नेपालका सन्दीप लामिछाने सम्मिलित नेशनल्स यो जित सँगै अंक तालिककोतेस्रो स्थानमा पुग्दै प्लेअफमा पुगेको हो। सन्दीपले यस खेलमा ३ ओभर बलिङ गर्नै २५ रन दिए। यस्तै उनले एक विकेट लिनुका साथै चन्डिमाललाई क्याचआउट समेत गरे।

नेपालकै  सोमपाल कामी खेलिरहेको विन्निपिग हक्स पनि प्लेअफमा पुगिसकेको छ। अब हुने प्लेअफमा सन्दीपको टोलीले सोमपालको टोलीसँग तेस्रो प्लेअफ पुग्नका लागि प्रतिपस्पर्धा गर्नेछ।

अंक तालिकाको पहिलो स्थानमा ९ अंक सहित ब्राम्पटन उल्भ्स, दोस्रो स्थानमा ८ अंक सहित भ्यानकुभर नाइट्स, तेस्रो स्थानमा ६ अंक सहित टोरन्टो नेशनल्स र चौथो स्थानमा ५ अंक सहित विन्निपिग हक्स प्लेअफमा पुगेको छ।

अब ८ अगस्तमा ब्राम्पटन उल्भ्स र भ्यानकुभर नाइट्स बीच पहिलो प्लेअफ खेलिनेछ भने सोही दिन टोरन्टो नेशनल्स र विन्निपिग हक्सबीच दोस्रो प्लेअफ  (नक आउट) खेल हुनेछ। अगस्त १० मा पहिलो प्लेअफमा पराजित टोलीले नक आउटको विजेतासँग फेरि प्लेअफ खेल्न पाउनेछन्।

यसरी तेस्रो प्लेअफमा विजयी हुने र पहिलो प्लेअफमा विजय हुने टोलीबीच ११ अगस्तमा फाइनल खेल हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell