PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

अशोक शर्माका छोरा अंकितको रजतपटमा डेब्यु: बाबु निर्देशक आमा र दिदी प्रोड्युसर



अशोक शर्माका छोरा अंकितको रजतपटमा डेब्यु: बाबु निर्देशक आमा र दिदी प्रोड्युसर

काठमाडौं : निर्देशक अशोक शर्माले छोरा अकिंत शर्मालाई फिल्म रातो टीका निधारमाबाट नेपाली रजतपटमा प्रवेश गराएका छन्। अंकितले आफ्नै होम प्रोडक्सनमा निर्माण भएको फिल्म रातो टीका निधारमाबाट डेब्यु गरेका हुन्।

फिल्ममा अंकितसँगै नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको मुख्य भूमिका रहेको छ। अंकितले मलेसियामा फिल्म मेकिङ अध्यनन गरेर नेपाल आएका हुन्। त्यस्तै फिल्ममा अंकितको आमा किरण शर्मा र दिदी  कृति शर्माले लगानी गरेका छन्। फिल्ममा अशोक शर्माको लेखन तथा निर्देशन रहेको छ।

फिल्ममा अंकित र साम्राज्ञीसँगै रविन्द्र झा, राजाराम पौडेल, शिवहरी पौडेल, बुद्धि तामाङ, कमला रेग्मी लगायतका कलाकारले अभिनय गरेका छन्। त्यस्तै यस फिल्ममा साम्राज्ञी फरक भूमिकामा प्रस्तुत भएकी छिन्। प्रांय फिल्ममा बोल्ड लुक्समा देखिने साम्राज्ञीराज्य यो पटक भने फरक लुक्समा देखिएकी छिन्। फिल्ममा उनी सारीमा सजिएकी छिन्।

फिल्मको सुटिङ ३३ दिनमै सकिएको निर्माण टीमले बतायो। साथै यो फिल्मको छायांकन झापा सिन्धुली लगायतका स्थानमा गरिएको हो। रातो टीका निधारमा दशैदेखि देशभर प्रर्दशनमा आँउदैछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell