PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

फ्राइडे रिलिजमा तीन नेपाली फिल्मको भिडन्त



पहिलोपोस्ट

फ्राइडे रिलिजमा तीन नेपाली फिल्मको भिडन्त

काठमाडौं: आज २४ गते शुक्रबार नेपाली सिनेमा हलमा तीन वटा नेपाली फिल्महरु प्रदर्शनमा आएका छन्। 'साइनो', 'रे' र 'काँचुली' गरी तीन वटा फिल्म प्रदर्शनमा आएका हुन्। यो साता कुनै विदेशी फिल्म रिलिज भएका छैनन्।

नेपालकी प्रथम नायिका भुवन चन्दले निर्माण गरेको फिल्म 'साइनो'लाई रमेश थापाले निर्देशन गरेका छन्। साइनोमा मिरुना मगर, नीता ढुंगाना, राज कुमार, भुवन थापा चन्द, बसुन्धरा भुषाल, श्याम राई, विशाल पहाडी लगायतका कलाकारले अभिनय गरेका छन्। फिल्ममा त्रिकोणात्मक अन्तरजातिय प्रेम कथालाई प्रस्तुत गरिएको छ।

त्यस्तै शंकर अधिकारी निर्देशित फिल्म 'काँचुली' पनि आजैबाट प्रदर्शनमा आएको छ। फिल्ममा शुभेच्छा थापा, राजन महर्जन, सुवाष गजुरेल, शर्मिला शर्मा, रविन श्री, भुमा सापकोटा, अन्जना ज्योती लगायतका कलाकारको अभिनय रहेको छ।

सगुन फिल्मसको ब्यानरमा निर्माण भएको फिल्म 'रे' एक्सन तथा सामाजिक प्रेम कथामा निर्माण भएको छ। फिल्ममा दिनेश पौडेलको लेखन तथा निर्देशन रहेको छ। राजेन्द्र त्रिपाठीले लगानी गरेको फिल्ममा सुनिल थापा, सुजाता थापा र दिवस धिताल मुख्य भूमिकामा छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell