PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

राजसंस्थाको एजेण्डा बोक्नेलाई दास भनेकोमा कमल थापाको आपत्ति: थापा भन्छन्, राजसंस्थालाई बोक्नु संवैधानिक अधिकार



पहिलोपोस्ट

राजसंस्थाको एजेण्डा बोक्नेलाई दास भनेकोमा कमल थापाको आपत्ति: थापा भन्छन्, राजसंस्थालाई बोक्नु संवैधानिक अधिकार

धूलिखेल: राप्रपाका अध्यक्ष कमल थापाले राजसंस्थाको वकालत गर्नेलाई दासको संज्ञा दिइएकोप्रति आपत्ति प्रकट गरेका छन्। सत्तारुढ दल ने क पाका अध्यक्ष प्रचण्डले राजसंस्थाको वकालत गर्नेहरु दास भएको टिप्पणि गरेका थिए। प्रचण्डको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै थापाले राजसंस्था बोकेर हिँड्नु राप्रपाको संवैधानिक अधाकर भएको टिप्पणि गरेका हुन्।

राप्रपाको प्रशिक्षण विभागद्वारा धुलिखेलमा आयोजित प्रशिक्षक प्रशिक्षण कार्यक्रममा बोल्दै थापाले कांग्रेस र कम्युनिष्ट पटकपटक असफल भएकोले उनीहरुको कल्पिक शक्तिको रूपमा राप्रपालाई स्थापित गर्ने दृढता व्यक्त गरे। सनातन हिन्दु राष्ट्र, संवैधानिक राजसंस्था र सुदृढ स्थानीय शासनको आवश्यकताको औचित्य बढ्दै गएकोले पनि राप्रपाले लिएको विचार र एजेन्डा बलियो भएको उनले बताए।

राप्रपाले देशका सात सय ५३ वटै स्थानीय तहका वडासम्म संगठन बनाउने र हिन्दु राष्ट्रको स्थापनाको लागि संकल्प यात्रा गर्ने पनि उदघोष गरे। उनले राप्रपाप्रति बढ्दै गएको जनविश्वासलाई भोटमा परिणत गर्न भ्रष्टाचार विरुद्ध अभियान चलाउने, गाउँ फर्क अभियान चलाउने लगायतका कार्यक्रम गर्ने बताएका छन्।

राप्रपा राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डताप्रति अडिग पार्टी भएको बताउँदै थापाले भने, ‘संविधान निर्माणको समयमा प्रस्तावना मै गणतन्त्र, धर्म निरिपेक्षता र संघीयतालाई अपरिवर्तनीय राखिएको थियो। त्यसलाई राप्रपाकै कारण परिवर्तनीय बनाइयो।‘



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell