PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

आदिवासी दिवसको रजत वर्ष : यस्तो देखियो भृकुटीमण्डपदेखि माइतीघरसम्मको र्‍याली 

आदिवासी दिवसको रजत वर्ष : यस्तो देखियो भृकुटीमण्डपदेखि माइतीघरसम्मको र्‍याली 


काठमाडौं: आज २५ औं विश्व आदिवासी दिवस। नेपालमा पनि विविध कार्यक्रम गरी मनाइयो। हरेक अगष्ट ९ मा मनाइने आदिवासी दिवस यसपटक भने आन्दोलनका रुपमा मनाएको छ। लोकसेवा आयोगले विज्ञापनमा आरक्षण हटाएको विरोध गर्दै आएको आदिवासी जनजातिले त्यसलाई आज पनि निरन्तरता दिएको हो। 

नेपाल आदिवासी जनजाति महासंघको आयोजनामा काठमाडौंको भृकुटीमण्डपबाट शुरु भएको र्‍याली माइतीघरमा पुगेर सभामा परिणत भयो।

साँस्कृतिक झाँकीसहित शुरु भएको र्‍यालीमा नेपालका आदिवासी जनजातिको उपस्थिति थियो। 

विश्व आदिवासी दिवसलाई 'आदिवासी भाषा' भन्ने विश्वव्यापी नारासहित ‘पहिचान सहितको संघीयता र स्वायत्तता/स्वशासनका लागि संविधान संशोधन हाम्रो साझा अभियान। २५औँ विश्व आदिवासी दिवसको सन्दर्भमा समानुपातिक समावेशीताका लागि हाम्रो आन्दोलन।।” भन्ने मूल नाराको साथ महासंघलगायत सम्बद्ध संस्थाहरुले आज प्रदर्शन गरे।

आदिवासी जनजातिले सांस्कृतिक झाँकी, बाजागाजा र परम्परागत हातहतियारहरू सांकेतिक रुपमा प्रदर्शनसहित देशैभर समान प्रतिनिधित्व सहितको राज्य निर्माणका लागि समानुपातिक समावेशी संरक्षण तथा आरक्षण बचाऔँ आन्दोलनको रुपमा मनाइएको महासंघका अध्यक्ष जगत बरामले बताए। र्‍याली र सभाले राजधानीको यातायात केही बेर अस्तव्यस्त बनेको थियो।



ट्रेन्डिङ पोस्ट

Ncell