PahiloPost

Apr 17, 2024 | ५ बैशाख २०८१

जुनियर एथलेटिक्स च्याम्पियन अजितलाई ४ महिना पछि मोटरसाइकल प्रदान



जुनियर एथलेटिक्स च्याम्पियन अजितलाई ४ महिना पछि मोटरसाइकल प्रदान
फाइल फोटो

काठमाडौं  :  नेपाल एथलेटिक्सले मध्यम दूरीका धावक अजितकुमार यादवलाई पूर्व घोषित पुरस्कार मोटरसाइकल शुक्रबार प्रदान गरेको छ। हङकङमा मार्च १७ तारिखमा भएको तेश्रो एसियाली जुनियर एथलेटिक्स च्याम्पियनसिपको ३ हजार मिटर दौडमा स्वर्ण जितेपछि एथलेटिक्स संघले पुरस्कार स्वरुप अजितलाई मोटरसाइकल दिने घोषणा गरेको थियो।

चार महिना पछि शुक्रवार युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा), राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष पिताम्बर तिम्सिना, राखेपका सदस्य सचिव रमेशकुमार सिलवाल र एथलेटिक्स संघका अध्यक्ष राजीवविक्रम शाहले अजितलाई मोटरसाइकलको साँचो हस्तान्तरण गरेका हुन्। १ लाख ९२ हजार ९ सय रुपैयाँ मुल्य पर्ने टीभीएसको स्ट्राइकर १ सय २५ सिसिको मोटरसाइकल अजितलाई प्रदान गरिएको हो।

सोही अवसरमा उनका प्रशिक्षक धनीराम चौधरीलाई पनि नगद १ लाख रुपैयाँसहित सम्मान गरिएको थियो।

सम्बन्धित: स्वर्ण विजेता अजित यादवलाई एथ्लेटिक्स संघको सम्मान, मोटरसाइकल उपहार



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell