PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

नेपाली सेनाका मेजर आफैं ब्राउन सुगर लिन भारत पुग्थेः एक पोकाको हजार रुपैयाँ !



पहिलोपोस्ट

नेपाली सेनाका मेजर आफैं ब्राउन सुगर लिन भारत पुग्थेः एक पोकाको हजार रुपैयाँ !

काठमाडौंः लागुऔषध सहित शनिवार पक्राउ परेका नेपाली सेनाका मेजर अजितप्रताप सिंह लागुऔषध कारोबारी भएको खुलेको छ। प्रहरीको प्रारम्भिक अनुसन्धानमा मेजर सिंहले केही महिनादेखि लागुऔषधको कारोबार गर्दै आएको देखिएको हो।

इलाका प्रहरी कार्यालय इटहरी, लागुऔषध नियन्त्रण ब्युरोको टोलीले गरेको संयुक्त अप्रेसनमा शनिवार पूर्वी पृतना इटहरीमा कार्यरत ३८ वर्षीय अजितप्रताप सिंहलाई नियन्त्रणमा लिएको थियो। मोरङको हलगाडा वडा नम्वर २ स्थित आर्मी क्याम्प नजिकै रहेको खाजाघरबाट मेजर अजितप्रताप सिंहलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी समिरचन्द्र खरेलले जानकारी दिए।

पृतनाबाट केहीबेर अघि मात्र बाहिरिएका सिंह त्यहाँ लागुऔषध बिक्री गर्ने पुगेको प्रहरीको दाबी छ। प्रहरीले उनको साथबाट चार पोका ब्राउन सुगरसमेत बरामद गरेको थियो। ‘बिक्री गर्न लागेको चार पोका ब्राउन सुगर फेला परेको हो। केही समयदेखि लागुऔषधको कारोबारी भएको खुलेको छ‘,  डिएसपी खरेलले भने।

मेजर सिंह भारतमा गएर आफैं लागुऔषध लिएर आउने गरेको अनुसन्धानमा देखिएको हो। 'उहाँ आफैंले भारत पुगेर लागुऔषध ल्याउने गर्नुहुँदो रहेछ। थप अनुसन्धान गरिरहेका छौं‘, डिएसपी खरेलले बताए।

कैलाली घर भएका मेजर अजितप्रताप सिंहको साथबाट प्रहरीले डेढ ग्राम ब्राउन सुगर बरामद गरेको छ। उनले एक पोका ब्राउन सुगरको १ हजार रुपैयाँदेखि माथि बिक्री गर्ने गरेको पाइएको छ। सुनसरीका स्थानीय प्रयोगकर्ताहरु नै मेजर सिंहका खरिदकर्ता भएको प्रहरी अनुसन्धानबाट खुलेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell