PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

ग्लोबल टि २०: फाइनलमा भ्यानकोभर नाइट्स  र विन्नीपेग हक्सबीच भिडन्त



ग्लोबल टि २०: फाइनलमा भ्यानकोभर नाइट्स  र विन्नीपेग हक्सबीच भिडन्त
फोटो: stakebd

क्यानडामा जारी ग्लोबल टि २० क्रिकेट प्रतियोगिताको फाइनल खेलमा भ्यानकोभर नाइट्स  र विन्नीपेग हक्स खेल्ने भएका छन्। 
शनिवार भएको दोस्रो प्लेअफ खेलमा ब्रयाम्पटन उल्भसलाई ७ विकेटले हराउँदै हक्स विजयी हुँदै फाइनल प्रवेश गरेको हो।

उल्भसले ७ विकेट गुमाउँदै २० ओभरमा २०० रन बनाएको थियो। यता, हक्सले २० ओभरमा ३ विकेट गुमाउँदै २०१ रन बनाउँदै जित हासिल गरेको हो। 
हक्सले नकआउटमा टोरन्टो नेशनल्सलाई पराजित गर्दै प्लेअफ पुगेको थियो  भने उल्भस पहिलो प्लेअफमा भ्यानकोभरसँग पराजित भएको थियो। 

हक्समा आबद्ध नेपालका सोमपाल कामीले  शनिवार भएको खेलमा समेत प्लेइङ एलेवनमा पर्न सकेनन्।   
  
अब नाइट्स र हक्सबीच अगस्ट ११ मा फाइनल खेल हुनेछ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell