PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

चेल्सीका मुख्य प्रशिक्षकका रुपमा लाम्पार्डको पहिलो खेल, म्यानचेस्टर युनाइटेड ४-० ले विजयी



पहिलोपोस्ट

चेल्सीका मुख्य प्रशिक्षकका रुपमा लाम्पार्डको पहिलो खेल, म्यानचेस्टर युनाइटेड ४-० ले विजयी

अंग्रेजी फूटबल क्लब चेल्सीको मुख्य प्रशिक्षकका रुपमा फ्राङ्क लाम्पार्टको पहिलो खेलमै चेल्सीलाई म्यानचेस्टर युनाइटेडले स्तब्ध पार्‍यो। म्यान युका मार्कस् रासफोर्डले दूई गोल गरेपछि म्यानचेस्टर युनाइटेडले चेल्सीलाई ४-० गोल अन्तरले पराजित गरेको छ।

म्यानचेस्टरको घरेलु मैदान ओल्ड ट्राफोटमा भएको खेलमा खेलको १८ औं मिनेटमा म्यानचेस्टरका रासफोर्डले पेनाल्टी मार्फत् गोल गरेका थिए। चेल्सीका कर्ट जुम्माले फाउल गरेपछि म्यान युले पेनाल्टी पाएको थियो।

पहिलो हाफमा एक शून्यले पछि परेको चेल्सीले दोस्रो हाफमा पनि चमत्कार गर्न सकेन। दोस्रो हाफको २० औं मिनेटमा म्यान युका एन्थोनी मार्शलले आन्द्रेस पेरेइराको क्रसमा अर्को गोल गरे। त्यसको दुई मिनेटमै रासफोर्डले गोल गरेर चेल्सीलाई ३ शुन्यले पछि पारे।

सब्स्टिट्युटको रुपमा मैदान प्रवेश गरेका डेनियल जेम्सले खेलको ८१ औं मिनेटमा गोल गर्दै म्यानचेस्टरलाई ४-० को अग्रता दिलाए।

पहिलो खेलमै नराम्रो हार व्यहोरेपछि प्रशिक्षक लाम्पार्डले टीमको खेल राम्रै भएपनि व्यक्तिगत गल्तीका कारण हार व्यहोर्नुपरेको बताएका छन्। ‘हामीले ४५ मिनेट, अझ ६० मिनेटसम्म नै स्पस्टै रुपमा राम्रो टीम खेल खेलेका हौं। तर केही व्यक्तिगत गल्तीका कारण उनीहरुका ५ वटा प्रहार ४ गोलमा परिणत भए,’ लाम्पार्डले भने, ‘यो हाम्रो तितो सत्य हो।‘



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell