PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

विन्निपेग हक्सलाई ग्लोबल टी- २० को उपाधि, एक खेलमात्र मैदानमा उत्रिए सोमपाल



पहिलोपोस्ट

विन्निपेग हक्सलाई ग्लोबल टी- २० को उपाधि, एक खेलमात्र मैदानमा उत्रिए सोमपाल

विन्निपेग हक्स क्यानडामा जारी ग्लोबल टी २० प्रतियोतिको विजेता बनेको छ। फाइनल खेलमा हक्सले भ्यान्कोभर नाइट्सलाई सुपर ओभरमा पराजित गर्दै उपाधि जितेको हो। 

पहिले ब्याटिङ गर्दै विन्नीपेगले १९२ रन बनाएको थियो। जवाफी ब्याटिङ गर्दै नाइट्सले २० ओभरमा १९२ रनै बनाएर बराबरी गर्‍यो। 

त्यसपछि भएको सुपर ओभरमा नाइट्सले पहिले ब्याटिङ गर्दै  ९ रन बनायो। त्यसपछि ब्याटिङ गरेको हक्सले ३ बलमा १० रन बनाउँदै विजयी भयो।

हक्समा आबद्ध रहेका नेपालका सोमपाल कामीले एक खेलमात्रै खेल्न पाए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell