PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

साउनको अन्तिम सोमबार शिव मन्दिरमा व्रत समापन, पशुपतिमा भजनकीर्तनदेखि नाचगानसम्म

साउनको अन्तिम सोमबार शिव मन्दिरमा व्रत समापन, पशुपतिमा भजनकीर्तनदेखि नाचगानसम्म

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं: आज साउनको अन्तिम सोमबार। बिहानैदेखि पशुपतिनाथ मन्दिरलगायत देशभरिका शिवालयमा पूजा एवं दर्शन गर्ने भक्तजनको भीड लागेको छ। साउन महिना र सोमबार भगवान् शिवको महिना एवं बार भएकाले प्रत्येक वर्ष यस समयमा भक्तजनको घुइँचो शिवालयमा हुने गरेको छ। पशुपतिनाथ मन्दिरमा पनि भीड लागेको छ।

बिहान ३ बजेबाट खुला पशुपतिनाथ मन्दिरमा महिला भक्तजनको भीड बढी देखिन्छ। साउनको सोमबार व्रत बसी भगवान् शिवको पूजा–आराधना गरेमा मनोकाङ्क्षा पूरा भई सुख, शान्ति र ऐश्वर्य प्राप्त हुने विश्वास छ। कति भक्तजन भने भजनकीर्तनसहित नाचगान गरेर रमाइलो गरिरहेका छन्।

विवाहित महिलाले पतिको दीर्घायु तथा अविवाहित महिलाले सुयोग्य वर प्राप्तिको कामनाले यो व्रत साउनको पहिलो सोमबारदेखि नै व्रत बसी शिवको पूजा–आराधना गर्नेहरुले आज गोदान, पूर्णपात्रलगायत धार्मिक कर्म गरी व्रत समापन गर्छन्। 

साउनको अन्तिम सोमबार आज बिहानैदेखि सुन्दरीजलबाट शुद्ध जल ल्याई पशुपतिनाथ मन्दिरमा चढाउने भक्तजनको पनि भीड लागेको छ। भोलेनाथ काँवरिया सङ्घको आयोजनामा भएको आजको बोलबममा हजारौँ भक्तजन सहभागी भएका थिए। बोलबम मेला भर्न आइतबार साँझ नै भक्तजन सुन्दरीजल पुगेका थिए। 



ट्रेन्डिङ पोस्ट

Ncell