PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

सन्दीप लामिछानेलाई अमेरिकाले दिएन भिसा, ट्विट गर्दै भने 'आश्चर्यमा परें'



सन्दीप लामिछानेलाई अमेरिकाले दिएन भिसा, ट्विट गर्दै भने 'आश्चर्यमा परें'
फाइल फोटो

काठमाडौं: अमेरिकी दूतावासले क्रिकेटर सन्दीप लामिछानेको भिसा आवेदन अस्वीकृत गरेको छ। भिसा अस्वीकृत भएको सूचना सन्दीपले आफ्नो ट्विटरबाट सार्वजनिक गरेका हुन्। 

सन्दीपले क्यारेबियन प्रिमियर लिग खेल्न जानका लागि भिसा आवेदन दिएका थिए।
 
भिसा अस्वीकृत भएको भन्दै उनले ट्विटरमा लेखेका छन्, 'मैले भिसाका लागि अमेरिकी दूतावासमा आवेदन दिएको थिएँ। सन् २०१६ देखि मैले विभिन्न क्रिकेट लिगमा देशबाट प्रतिनिधित्व गर्दै आएको थिएँ। तर आज क्रिकेट खेल्नकै लागि  मैले निवेदन दिँदा मेरो भिसा अस्वीकृत भयो। यसबाट म धेरै आश्चर्यमा परेको छु।'

उनले सबै कागजपत्र हुँदा पनि भिसा अस्वीकृत हुँदा एक खेलाडीका रुपमा निकै गाह्रो हुने बताएका छन्।

उनले सीपीएलमा बार्बाडोस ट्राइडेन्ट्सको प्रतिनिधित्व गर्दै थिए। आफ्नो ट्वीटमा उनले अमेरिकी दूतावास, प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली र हेलो सरकारलाई मेन्सन गर्दै भिसा नपाएको बारेमा जानकारी दिएका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell