PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

प्रचण्डको सचिवालयले भन्यो : दुबईमा प्रकाशको नाममा २१ अर्ब छ भन्नु गलत



प्रचण्डको सचिवालयले भन्यो : दुबईमा प्रकाशको नाममा २१ अर्ब छ भन्नु गलत

काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको दुबई भ्रमणबारे भ्रामक प्रचार गरिएको भन्दै उनको स्वकीय सचिवालयले  आपत्ति जनाएको छ।

प्रचण्डका प्रमुख स्वकीय सचिव जोखबहादुर महरा ‘प्रताप’ले प्रेस विज्ञप्तिमार्फत प्रचण्डका दिवंगत छोरा प्रकाश दाहालको नाममा दुबईमा २१ अर्ब रुपैयाँ रहेको र त्यसको व्यवस्थापन गर्न प्रचण्ड परिवार दुबई गएको भनेर गलत प्रचार भएको स्पष्ट पारेको छ।

‘दिवगंत कमरेड प्रकाश दाहालको नाममा दुबईको बैंकमा २१ अर्ब रुपैयाँ रहेको र त्यसको व्यवस्थापन गर्न अध्यक्ष प्रचण्ड दुबई गएको भन्ने कुप्रचारको हाम्रो सचिवालय घोर भर्त्सना र खण्डन गर्दछ’, विज्ञप्तिमा भनिएको छ।

विज्ञप्तिमा प्रकाशको विदेशका कुनै पनि बैंकमा खाता र पैसा रहेको प्रमाणित गर्न चुनौतीसमेत दिइएको छ। विज्ञप्तीमा साथै भ्रामक प्रचार गर्नेलाई कार्बाही गर्न मागसमेत गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell