PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

अमेरिकाले भिसा नदिएकोमा आश्चर्यमा परेका सन्दीपले भिसा पाएपछि भने, 'अमेरिकी दूतावासलाई धन्यवाद'



अमेरिकाले भिसा नदिएकोमा आश्चर्यमा परेका सन्दीपले भिसा पाएपछि भने, 'अमेरिकी दूतावासलाई धन्यवाद'

काठमाडौं:  अमेरिकी दूतावासले क्रिकेटर सन्दीप लामिछानेको भिसा आवेदन स्वीकृत गरेको छ।

आज बिहान भिसाका लागि अमेरिकी दूतावास पुगेका सन्दीपको आवेदन दूतावासले अस्वीकृत गरिदिएको थियो। 

भिसा स्वीकृति भएको बारे ट्वीट गर्दै सन्दीपले सबै कुराहरु मिलेको भन्दै अमेरिकी दूतावासलाई सहकार्यका लागि धन्यवाद दिएका छन्। 

क्यारेबियन प्रिमियर लिग खेल्न जाने क्रममा अमेरिका प्रवेश गर्ने इच्छाका साथ उनले भिसा आवेदन दिएका थिए। तर, भिसा अस्वीकृत भएको उनले ट्विटरमा भिसा अस्वीकृत भएको भन्दै आश्चर्यमा परेको बताएका थिए। 

उनले लेखेका थिए, 'मैले भिसाका लागि अमेरिकी दूतावासमा आवेदन दिएको थिएँ। सन् २०१६ देखि मैले विभिन्न क्रिकेट लिगमा देशबाट प्रतिनिधित्व गर्दै आएको थिएँ। तर आज क्रिकेट खेल्नकै लागि  मैले निवेदन दिँदा मेरो भिसा अस्वीकृत भयो। यसबाट म धेरै आश्चर्यमा परेको छु।'

ट्वीट पछि दूतावासले सन्दीपलाई फेरि भिसा रिभ्युका लागि दूतावास बोलाएको थियो। उनको आवेदन रिभ्यूपछि भिसा दूतावासले भिसा दिएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell