PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

नेपालीलाई विदेशी सेनामा भर्ती गराउने प्रक्रिया बन्द गर्नुपर्छ: भीम रावल



नेपालीलाई विदेशी सेनामा भर्ती गराउने प्रक्रिया बन्द गर्नुपर्छ: भीम रावल

काठमाडौं : सत्तारुढ दल ने क पाका नेता तथा सांसद भीम रावलले दुई पक्षीय सैनिक अभ्यासमा नेपाल संलग्न हुन नहुने बताएका छन्।

मंगलबारको प्रतिनिधि सभामा बोल्दै रावलले नेपालको संविधानले निर्देशित गरेको तथा आफ्नै अनुभवबाट उपयोगीसिद्ध संयुक्त राष्ट संघको बडापत्र,पञ्चशिलका सिद्धान्त,असंलग्न नीतिमा आधारित परराष्टनीतिमा अडिग रहँदै पारस्परिक समानता,सम्मान र हितको आधारमा परराष्ट नीति सञ्चालन हुनुपर्ने बताएका हुन्।

उनले नेपाली युवायुवतीलाई विदेशी सेनामा भर्ती गराएर नेपालको सार्वभौमिकतामा आँच पुर्‍याउने राणा शासनले थोपरेको गलत सम्झौताबाट देशलाई मुक्त गराउनुपर्ने बताउँदै भने 'विगतका अलोकतान्त्रीक र निरंकुश सरकारले थोपरेका असमान र अपमानजनक सन्धी सम्झौताहरुबाट देश र जनतालाई मुक्त गर्न आवश्यक राजनीतिक र कुटनितक पाइला चाल्नुपर्छ। बहुमत प्राप्त सरकारका लागि यो एउटा अवसर हो।'

राष्ट्रिय परिचय पत्र, गाडीका नम्बर प्लेट, कर र भन्सार महशुलजस्ता संवेशनशील तथ्याङ्कको अभिलेख विदेशी सर्भरमा राखिन नहुने बताउँदै भने,'त्यसको सर्भर नेपालमा र नेपाल सरकारकै मातहतमा रहने व्यवस्था गरिनुपर्छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell