PahiloPost

Aug 20, 2019 | ३ भदौ २०७६


बालुवा झिकेपछि बनेको खाल्डोमा परी मृत्यु भएका मृतकका परिवारलाई २५ लाख क्षतिपूर्ति


बालुवा झिकेपछि बनेको खाल्डोमा परी मृत्यु भएका मृतकका परिवारलाई २५ लाख क्षतिपूर्ति
फोटो: bidurkhabar.com

बेत्रावती: बालुवा उत्खनन गरेको खाल्डोमा डुबेर ज्यान गुमाएका दुई जनाको परिवारलाई क्षतिपूर्तिस्वरुप जनही २५ लाख रुपैयाँ उपलब्ध गराउने सहमति भएको छ। सहमतिसँगै पीडित परिवारले शव बुझेका छन्।

नुवाकोटको ककनी गाउँपालिका–१ कोल्पुखोला किनारमा अवैधरुपमा बालुवा उत्खननको क्रममा बनेको खाल्डोमा परेर सोमबार स्थानीयवासी १३ वर्षीया विनिता बलामी र उनलाई बचाउन गएकी सिन्धुलीको फिक्कल गाउँपालिका–३ की ३५ वर्षीया लक्ष्मी तामाङको डुबेर मृत्यु भएको थियो। पीडित परिवारले अवैध कार्यमा संलग्न व्यक्तिबाट उचित क्षतिपूर्ति भराउन माग राखेका थिए। 

प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलका अनुसार अवैध बालुवा झिक्न प्रयोग भएको स्काभेटर धनी धादिङको धाक्रे गाउँपालिका–२ का रामकृष्ण रेग्मी, बालुवा झिक्न प्रयोग भएको खेतका धनी ओखरपौवाका मोहनकृष्ण श्रेष्ठ र बालुवा झिक्ने सोही स्थानका राजेन्द्र बलामीबाट क्षतिपूर्ति रकम भराउने सहमति भएको हो। 

पीडित परिवारलाई रेग्मीबाट ३३ लाख, श्रेष्ठबाट ११ लाख र बलामीबाट छ लाख रुपैयाँ क्षतिपूर्ति भराउने सहमति भएको छ। क्षतिपूर्ति रकममध्ये पीडित परिवारलाई आज रु एक/एक लाख उपलब्ध गराइएको छ। बाँकी २४ लाख ३५ दिनभित्र उपलब्ध गराउने सरोकारवालाबीच सहमति भएको ककनी गाउँपालिकाका उपाध्यक्ष सीता खतिवडा लामाले जानकारी दिए। रासस



बालुवा झिकेपछि बनेको खाल्डोमा परी मृत्यु भएका मृतकका परिवारलाई २५ लाख क्षतिपूर्ति को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट