PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

नेकपाका बहालवाला प्रदेश मन्त्री कीर्ते कर्ममा, तीन दिनभित्र बयानका लागि उपस्थित गराउन आदेश



पहिलोपोस्ट

नेकपाका बहालवाला प्रदेश मन्त्री कीर्ते कर्ममा, तीन दिनभित्र बयानका लागि उपस्थित गराउन आदेश

काठमाडौँः नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का तर्फतबाट कर्णाली प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रहेको खडकबहादुर खत्रीलाई पक्राउ गरी अदालतमा बयानका लागि पेस गर्न उच्च अदालतले आदेश जारी गरेको छ। बैंकिङ कसुरसम्बन्धी मुद्दामा खत्रीलाई बयानका लागि पेस गर्न अदालतले आदेश जारी गरेको हो। 

न्यायाधीशद्वय श्रीकान्त पौडेल र टेकप्रसाद ढुङ्गानाको संयुक्त इजलासले समाव्हान म्याद जारी गर्न माग गरिएको मुद्दामा फरार अभियुक्तका रुपमा रहेका खत्रीलाई बयानका लागि उपस्थित गराउन आदेश दिएको हो। अदालतले कसुरका सम्बन्धमा कागज गरिसकेको अवस्थामा जमानत वा धरौटीमा छाड्नुको सट्टा फरार अभियुक्त बनाइ मुद्दा दायर गरेकोमा पनि प्रश्न उठाएको छ। अनुसन्धान र अभियोजनमा बदनियत राखेकोमा इजलासले आदेशको जानकारी महान्यायाधिवक्ता र प्रहरी प्रमुखलाई समेत पठाउन भनेको छ। 

कृषि विकास बैंकको नक्कली ग्यारेन्टीपत्र तयार पारी खत्रीसहितका पाँच प्रतिवादीले जिल्ला प्राविधिक कार्यालय भोजपुरमा पेस गरेको अभियोग लगाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell