PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

ने क पाको सचिवालय बैठक बस्दै, टुंगिएला स्कुल विभागको विवाद?



पहिलोपोस्ट

ने क पाको सचिवालय बैठक बस्दै, टुंगिएला स्कुल विभागको विवाद?

काठमाडौँः नेपाल कम्युनिस्ट पार्टी (ने क पा) को सचिवालय बैठक आज बस्दैछ। मंगलबारका लागि तय भएको बैठक अन्तिम समय स्थगित भएको थियो। प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली सिंगापुरबाट फर्किएसँगै बैठक स्थगित गरिएको थियो।

बुधबार दिउँसो ३ बजे बालुवाटारमा बैठक बोलाइएको छ।

स्कुल विभागको नेतृत्व विवाद चुलिएपछि साउन १३ गतेको बैठक १५ दिनका लागि स्थगित भएको थियो। आकांक्षीसँग थप परामर्श गर्न भन्दै बैठक स्थगित गरिएको थियो। यसबीचमा महासचिव विष्णु पौडेलले स्कुल विभागमा आकांक्षा देखाएका नेताहरुसँग परामर्श गरेका छन्।

स्कुल विभागमा उपप्रधानमन्त्री समेत रहेका ईश्वर पोखरेल, पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ, नेताहरु घनश्याम भुसाल, बेदुराम भुसाल लगायतले दाबी गरिरहेका छन्।

एकीकरणको लामो समय भइसके पनि विभागहरुको नेतृत्व टुंगिएको छैन। केन्द्रीय निकाय, विभाग, जेष्ठ नागरिक मञ्च, सल्लाहकार परिषद, सम्पर्कमञ्च लगायतको एकता सम्पन्न भएको छैन।

गत वर्ष जेठ ३ गते तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकता भएको थियो। तीन महिनाभित्रै एकताका सबै काम टुंग्याउने बताइए पनि एकताको सबै काम पूरा हुन सकेको छैन।

पछिल्लो पटक ने क पाले साउन ५ गते जिल्लाका इन्चार्ज र सह–इन्चार्जहरुको टुंगो लगाएको थियो। सोही बैठकले ३२ केन्द्रीय विभागहरुको टुंगो लगाउने बताइए पनि स्कुल विभागमा भएको नेतृत्वको होडबाजीका कारण निर्णय हुन सकेको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell