PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

नेपाली महिला फूटबल टीम किर्गिस्तानमा नादेज्दा कप खेल्न जाने



पहिलोपोस्ट

नेपाली महिला फूटबल टीम किर्गिस्तानमा नादेज्दा कप खेल्न जाने

आगामी डिसेम्बरमा हुने दक्षिण एशियाली खेलकूदको तयारीको लागि नेपाली महिला फूटबल टीम किर्गिस्तानमा प्रतियोगिता खेल्न जाने भएको छ।

त्यहाँ नेपाली महिला फूटबल टीमले नादेज्दा कपमा प्रतिस्पर्धा गर्नेछ। किर्गिस्तानको काराकोल शहरमा प्रतिस्पर्धा हुनेछ।

सेप्टेम्बरको ८ देखि १२ तारिखसम्म हुने प्रतियोगितामा नेपाल लगायत उज्वेकिस्तान, ताजस्कितान र किर्गिजस्तान रहेका छन्। फूटबलको अन्तर्राष्ट्रिय नियममा रहेर प्रतियोगिता हुने आयोजकले बताएको छ।

प्रतियोगितामा सहभागी सबै टीमले एक अर्काविरुद्ध एक एक खेल खेल्नेछन्। प्रतियोगितामा एउटा टीमले ३ खेल खेल्नेछ। तीन खेलका अंकको आधारमा पहिलो र दोस्रो टीमले कपका लागि प्रतिस्पर्धा गर्नेछन्।

यस्तो छ नेपालको खेल तालिका

सेप्टेम्बर ८- गणतान्त्रिक किर्गिज भर्सेज् नेपाल

सेप्टेम्बर ९- उज्वेकिस्तान भर्सेज् नेपाल

सेप्टेम्बर १०- नेपाल भर्सेज् ताजकिस्तान

सेप्टेम्बर १२- तेस्रो भर्सेज् चौथो

सेप्टेम्बर १२- पहिलो भर्सेज् दोस्रो



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell